तपाईको आजको राशीफल कस्तो छ ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार १३:५०:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/ganesha_lNFqb8RCkz.jpg)
आजको पात्रो : १४ भदौं २०७९, मंगलबार । तद्नुसार अगष्ट महिनाको ३० तारिक २०२२ । भाद्रकृष्णपक्ष तृतीया अर्थात् हरितालिका तीज महिलाहरुको विशेष दिन हो । आजको दिन् सनातन धर्म मान्ने महिलाहरुले दिनभर व्रत बस्ने र साँझ पूजा गरेर फलाहार गर्ने र भोलि विहान मात्र भोजन गर्ने परम्परा छ । तीजको व्रत अन्य व्रत भन्दा कडा मानिन्छ । विवाहित र अविवाहित महिलाहरु तीजको व्रत बस्ने गर्दछन् । आज पशुपतिनाथ मन्दिरमा महिलाहरुलाई मात्र प्रवेश गर्ने ब्यबस्था मिलाइएको छ । आज विहान सूर्योदय ५ः४२ र सूर्यास्त ६ः२९ मा हुनेछ । आज शुभ योग, चन्द्रमा कन्या राशिमा हस्त नक्षत्र,गर करण रहेको छ । आज विहान ११ः४० देखि १२ः३१ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा कुनै पनि शुभकार्य गर्न सकिन्छ। आजको देवता लक्ष्मी र ग्रहदेव सूर्य रहेको छ । मंगलबारको दिन शुभकार्य गर्न सकिन्छ । मंगलबारको दिन कर्जा लिने र दिने काम गर्नुहुँदैन ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- मेष राशी भएका जातकका लागि हरेक मंगलवार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने भएपनि आर्थिक व्याय र हानी हुने देखिन्छ । त्यसैले आजको दिन तपाईले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता बढ्नेछ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शरुवात गर्नुहोला । यात्रा गर्दा दहीको सेवन गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशी भएका जातकले आजको दिन मौन रहनु ठीक होला । मित्रमण्डली र ब्यापार ब्याबसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईलाई निकै फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- तपाईको लागि आजको दिन अनुकल देखिन्छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरणहरु फैलने छन् । विगतमा तपाईप्रति राग राख्ने मित्रहरु समेत तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । सापट दिएका धन फिर्ता हुनसक्छ । आजको दिन मौन रहनुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ । तपाईले मठ मन्दिरमा रहेको बृद्ध माताहरुलाई भोजन दान गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आजको दिन विहान सूर्योदयको दर्शन गर्नहोला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यहरुमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ । आजको दिन ऋण लिने र दिने काम गर्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- ब्यापार ब्याबसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीहरुलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनहरुले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । आजको दिनमा तपाईले शुरुवात गर्नुभएको काममा सफलता मिल्नेछ ।
मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- मकर राशीका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्याबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको फाइदा मिल्नेछ । महिलाहरुले आजको दिन सिर्जनात्मक काम गर्नुहोला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
माघ २२, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १४, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार
ताइवानको सीमा नजिक २४ चिनियाँ सैन्य लडाकु विमान
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
फागुन ५, २०८१ सोमबार
चन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार