निःशुल्क एम्बुलेन्स सेवा सुरु
नेपालबहस संवाददाता
भदौ १४, २०७९ मंगलबार १८:४६:९
१४ भदौ, वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले पहिलोपटक पालिकाभित्रका सबै बिरामीका लागि निःशुल्करूपमा एम्बुलेन्स सेवा सुरु गरेको छ । पालिकाअन्तर्गत व्यक्ति बिरामी परेर उपचारका लागि पर्सा जिल्लाको कुनै पनि अस्पतालमा जान परे एम्बुलेन्सले निःशुल्क सेवा प्रदान गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले बताए ।
हाल पालिकामा दुईवटा निःशुल्क एम्बुलेन्स उपलब्ध छ । मधुवन मथलव स्वास्थ्यचौकी र महुवन स्वास्थ्यचौकीमा रहेका दुईवटा एम्बुलेन्स, पालिकाका सेवाग्राहीका लागि निःशुल्क उपलब्ध गराउन थालिएको गाउँपालिलाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले जनानकारी दिए ।
सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीले उपचारका लागि पर्सा जिल्लाभन्दा बाहिरी जिल्लाको अस्पताल वा स्वास्थ्य संस्थामा जानुपरेमा भने इन्धन खर्चमात्रै सेवाग्राही स्वयंले व्यहोर्नुपर्ने अध्यक्ष यादवले बताए ।
निष्पक्ष छानविनको माग
पर्साको छिपहरमाई गाउँपालिका–२ निवासी ३२ वर्षीय फिरोज मियाँ (अन्सारी) को मृत्यु प्रकरणमा मृतकका आफन्त र शुभेच्छुकहरूले सो घटनाको तत्काल निष्पक्ष छानविनको माग गरेका छन् । वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण मियाँको ज्यान गएको आरोप लगाउँदै उनीहरुले दोषीलाई कारबाही र न्यायिक छानविनको माग गरेका हुन् ।
स्वास्थ्यमा समस्या भएपछि गत साउन २६ गते अस्पताल भर्ना भएका मिँयाको गत साउन २७ गते डा आसिफ अन्सारीले पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरेका थिए । शल्यक्रिया पछि उनको अवस्था जटिल बनेपछि थप उपचारका लागि मियाँलाई काठमाडौँको मेडिसिटी अस्पतालमा पठाइएकामा उपचारकै क्रममा भदौ ५ गते राति मृत्यु भएको थियो।
हेल्थ केयरमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण शल्यक्रियाका क्रममा अत्याधिक रगत बगेर मियाँको ज्यान गएको फिरोजका पिता जुनम मियाँको आरोप थियो । बिरामीका आफन्तले यसबारे न्यायिक छानविन र दोषीउपर कानुनबमोजिम कारबाहीको माग राख्दै यसअघि पर्सा जिल्ला प्रशासन कार्यालयमा समेत लिखितरूपमा उजुरी दर्ता गराएको उनले जानकारी दिए।
यसै विषयमा उक्त अस्पतालका सञ्चालक डा.अबुलहैस अन्सारीले अस्पतालको पक्षबाट फिरोजको उपचारमा कुनै लापरवाही नभएको तर स्वास्थ्य अवस्था बिग्रिँदै जानुको कारण पहिलादेखि नै हृदयरोगी रहेको जिकिर गरे ।
यता उपचारमा सम्लग्न चिकित्सक डा अन्सारीको पेशागत र व्यक्तिगत चरित्रहत्या हुने गरी बिरामीका आफन्त र केही सञ्चार माध्यमले भ्रामक हल्ला फैलाएको भन्दै चिकित्सक सङ्घले आपत्ति जनाएको छ । डा गुप्ताले वीरगञ्ज हेल्थ केयरमा उपचारका क्रममा दूरबिनबाट शल्यक्रिया गर्ने क्रममा आवश्यक सबै सावधानी अपनाउँदा पनि मियाँको अत्यधिक रक्तश्राव भएपछि ओपन सर्जरीका माध्यमले रक्तश्राव रोकेर शल्यक्रिया गरिएको बताउनुभयो । बिरामीलाई निको पार्न अथक प्रयास गर्दागर्दै पनि उपचारका क्रममा भवितव्यवश केही जटिल समस्या देखिन गएको अवस्थामा बिरामीका आफन्तले मिथ्या आरोप लगाएको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
असोज १९, २०८१ शनिबार
सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख
असोज १८, २०८१ शुक्रबार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
असोज १६, २०८१ बुधबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार