शीर्ष नेताबीच भद्र सहमतिः कांग्रेसलाई ८५, चार दललाई ८०
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार १५:४२:५६
१५ भदौ, काठमाडौं । चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दलका शीर्ष नेताबीच सीट बाँडफाँटमा भद्र सहमति भएको छ । सीट बाँडफाँटको छलफल थालेको झण्डै एक महिनापछि शीर्ष नेताबीच भद्र सहमति भएको बताइएको छ ।
नेपालबहससँग कुरागर्दै कार्यदलका एक शीर्ष नेताले गएराती नेताहरु भद्र सहमतिमा पुगेको बताए । उनका अनुसार नेपाली कांग्रेस लचिलो हुँदै १ सय सीटबाट ८५ मा झरेको छ । संघमा कांग्रेसले ८५ सीट लिएर बाँकी सीट अरु दललाई छाडेको उनले बताए ।
भद्र सहमति अनुसार बाँकी रहेको ८० सीट मध्ये नेकपा माओवादीले ४० सीट, नेकपा एकीकृत समाजवादीले २० सीट, जनता समाजवादी पार्टीले १८ र राष्ट्रिय जनमोर्चाले २ सीट लिने गरी सहमति भएको छ । तर, यो नै आधिकारिक निर्णय नभएको उनले बताए । बुधबार साँझ ५ बजे कार्यदलसहित गठबन्धनको बैठक बस्दैछ ।
साँझ बस्ने गठबन्धनको बैठकमा यही खाका प्रस्तुत गरिने भएको छ । आज दिनभरमा अरु कुनै राजनीतिक उतावचढाव नआएमा सम्भवत भद्र सहमतिमा भएको बाँडफाँड नै अन्तिम निर्णयका रुपमा आउने उनले बताए । भद्र सहमतिमा माओवादीले आफुलाई सीट संख्या कम भएको दावी गरिरहेकाले ८० सीटको बाँडफँडमा तलमाथि हुने सम्भावना रहेको ती नेताको भनाइ छ ।
उनले दलगत रुपमा तलमाथि भएपनि अन्तिम भागबण्डा भने ८० र ८५ मै रहने दावी गरेका छन् । सीट बाँडफाँडमा शीर्ष नेताहरुबीच भएको भद्र सहमतिबारे नेपाली कांग्रेसमा आन्तरिक छलफल भने भएको छैन । महामन्त्री गगन थापाबाहेक केही नेतालाई मात्रै यस विषयमा जानकारी भएको उनले बताए । सीट संख्यामा ४० प्रतिशत हिस्सा खोजिरहेको डा. शेखर कोइराला समूहलाई यसबारे बुधबार बिहान जानकारी गराईने उनको भनाइ छ ।
मंगलबार साँझसम्म पनि गठबन्धनमा रहेका दल सकेसम्म बढी हिस्सा लिन एक–अर्कामा बार्गेनिङमा उत्रिएका थिए । गठबन्धनको सबैभन्दा ठूलो दल भएपनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लचकता देखाएर यो भद्र सहमति भएको ती नेताको भनाइ छ ।
सिटौला बिरामी परेपछि प्रधानमन्त्री देउवाले दलहरूबीच सहमतिको वातावरण बनाउन अर्का नेता रामचन्द्र पौडेललाई खटाएका थिए । नेता पौडेलले मंगलबार दिनभर गठबन्धन दलका नेताहरूलाई घर–घरै पुगेर सीट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरेका थिए ।
मंगलबार पौडेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निवासमै पुगेर भेटेका थिए । पौडेलले त्यही विषयमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समेत भेटेका थिए । नेपाल र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका नेता पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डसँग पनि फोन कुरकानी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार