वर्षाका कारण अधिकांश कच्ची सडक अवरुद्ध हुँदा यात्रु मारमा
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार १८:२७:१८
१५ भदौ, खोटाङ । वर्षाका कारण अधिकांश कच्ची सडक अवरुद्ध हुँदा खोटाङका स्थानीय मारमा परेका छन् । यस वर्षको वर्षा रोकिएपछि सुचारु भएका कच्ची सडक पुन केही दिनयता परेको भारी वर्षाका कारण अवरुद्ध हुन पुगेको हो ।
जिल्लाको बिजुले–खार्पा–लामीडाँडा–दुबेकोल–ऐसेलुखर्क, जालपा–हौंचुर–ऐसेलुखर्क, बुईपा–राजापानी–रेग्मीटार–रसुवा, रसुवा–सिम्पानी–खोटाङबजार, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी लगायतका सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा अधिकांश यात्रु पैदल यात्रा गर्न वाध्य बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । विशेषगरी बिरामी बोक्ने एम्बुलेन्स गुड्न नसक्दा जिल्लावासीलाई सबैभन्दा बढी सास्ती भएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत कालोपत्रे गरिएका दिक्तेल–हलेसी–जयराम र दिक्तेल–बाँझेच्यानडाँडा सडकमा मात्र सवारी साधन चलिरहेका छन् । जिल्लाका धेरैजसो स्थानीय तहले जेसीभी खरिद गरेका छन् । तर, वर्षाका कारण अवरुद्ध सडक तत्काल मर्मतमा भने तदारुकता देखाउन सकेका छैनन् । यातायात व्यवसायीले चाँडोभन्दा चाँडो सडक मर्मत गरेर यातायात सुचारु गराउन र नागरिकलाई सहजता दिलाउन स्थानीय तहलाई आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार