कोरियामा कोरोनाबाट ७५ जनाको मृत्यु, भारतमा पनि बिरामी बढे
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार १८:५६:६
१५ भदौ, सोल । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या मङ्गलबार पनि अप्रत्यासितरूपमा बढेको छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा अनुसार १७ जनाको मृत्यु भएको छ ।
न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ संक्रमितको संख्या लगातार घटेको छ ।
मङ्गलबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीले देशका विभिन्न भागमा दुई हजार दुई सय ४४ नयाँ बिरामी थपिएका बताएका छन् ।
एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए । बिरामीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हाल न्युजिल्याण्डमा कोभिड–१९ संक्रमितको संख्या १७ लाख २४ हजार सात सय २४ रहेको छ भने यो रोगको सङ्क्रमणबाट एक हजार आठ सय ९३ जनाले ज्यान गुमाएका छन् ।
यसैबीच, मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार चार जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय १० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । देशमा कुल ४७ लाख ८० हजार दुई सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । मङ्गलबार एकै दिन ७५ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख तीन हजार नौ सय ६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोेरोना संक्रमितको संख्या दुई करोड ३२ लाख ४६ हजार तीन सय ८९ पुगेको छ ।
सोमबारको तुलनामा मङ्गलबार भारतमा पनि कोरोनाका बिरामी बढेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सात हजार दुई सय ३१ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
नयाँ बिरामी थपिएसँगै देशभरका संक्रमितको संख्या चार करोड ४४ लाख २८ हजार तीन सय ९३ पुगेको छ । मङ्गलबार उक्त रोग लागेर ४५ जनाको मृत्यु भएको छ । महामारी प्रारम्भ भएयता भारतमा कोरोना लागेर पाँच लाख २७ हजार आठ सय ७४ जनाको ज्यान गइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार