सरकारको मात्र भर नपरौं, आफै जिम्मेवार बनौं !
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २१:५५:१६
♦ अनुसा थापा / भक्तपुर
मुलुकमा यतिबेला चाडबाडको सिजन शुरु भएको छ । साउन लागेसंगै धमाधम चाडबाड आँउछन् । अरु बेलाभन्दा चाडबाडमा अत्यन्तै धेरै किनमेल गर्नुपर्ने हुन्छ । साथै, चाडबाड मनाउनका लागि आफन्तको घर जाने चलन पुरानो हो । तर, यसरी घरबाहिर निस्किदा चोरीको घटना घट्ने सम्भावना धेरै हुन्छ । घरमा कोही नभएको मौका छोपेर चोरी हुन सक्छ । चाडबाडको सिजन शुरु भएसंगै चोरीका घटना पनि ह्वात्तै बढ्छ । आफू घरबाहिर हुँदा मेरो घर सुरक्षित छ भनेर हिँड्न सक्ने अवस्था छैन् । रातको समयमा ढुक्क भएर सुत्न सकिदैंन् ।
सरकारले जनतालाई सुरक्षाको अनुभुति गराउन सकेको छैन् । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो ठाँउबाट पहल नगर्दा जनता अझै पनि असुरक्षित छन् । उनीहरुको घर असुरक्षित छ । सबैभन्दा धेरै चोरीको घटना दशैंमा घट्छ । तर, दशैं लाग्न नपाउदै चोरी भएको भनेर सुन्नमा आइरहेको छ । अहिले नै यस्तो छ भने दशैंमा के होला ? दशैंमा त झन प्रायजसोको घर नै रित्तो हुन्छ । कोठामा चाबी लगाएर हिँड्ने प्रवृत्ति छ । यता, बजारमा चोर पनि छ्याप्छ्याप्ती हुन्छन् । चोरहरु अहिले देखि नै सल्बलाउन थालिसकेका छन् । किनमेल गर्ने क्रममा केही पत्तो नै नपाइकन पाकेटमारले पाकेट खाली पारिसकेको हुन्छ ।
सार्वजनिक यातायात, टिकट काउण्टर, व्यापारिक मललगायत भीडभाड हुने स्थानमा चोरको बिगबिगी हुन्छ । त्यसैले आफ्नो सामान जोगाउन जनता पनि सतर्क रहनुपर्छ । चोरी हुनबाट रोक्नका लागि आफू पनि जिम्मेवार बन्नुपर्छ । पहिले आफ्नो थैलीको मुख बलियो बनाउनुपर्यो कि चोरले चोर्न नसकोस् । घरबाट कतै बाहिर निस्किनुपरेमा राम्रोसंग झयाल ढोका बन्द गर्ने । छिमेकीलाई खबर गर्नेलगायतका काम गरेमा पनि चोरीका घटनाहरुमा धेरै कमी आउन सक्छ । मठमन्दिर, बजारलगायत अन्य स्थानमा जाँदा टन्न गरगहना लगाएर प्रचार गर्ने काम पनि बन्द गर्नुपर्छ ।
गरगहना चोरी मात्र होइन्, आफ्नो ज्यानसमेत खतरामा पर्न सक्छ । देखाउनका लागि आफूमाथि खतरा आउने काम कसैले पनि नगरौं । जनता पनि सरकारको मात्र सुरक्षामा भर पर्नुहुन्न । सरकारको भर पर्दा केही पनि बाँकी रहदैन् । आफू अलिकति जिम्मेवार बनिदिने हो भने चोरीका घटना न्युनिकरण हुन सक्छ । जनताले कसरी निस्फ्रिकी चाडपर्व मनाउन सक्छन् भनेर यस विषयमा गृह मन्त्रालयले अहिलेसम्म छलफलमा बोलाएका छैनन् । सुरक्षाकर्मी र प्रमुख जिल्ला अधिकारीहरुलाई बैठकमा बोलाएर छलफल गर्न गृहमन्त्री खाँणलाई कुने चासो छैन् ।
चाडबाडमा रमाइलोका लागि मदिरा सेवन गर्ने पनि बढ्छन् । समाज र टोलटोलमा झैझगडाका घटनाले पनि निकै ठाँउ पाउछ । दिनभर जुवातास खेलेर पैसा उडाउने पनि चाडबाडमा उत्तिकै हुन्छ । घरभित्रै दंगा शुरु हुन्छ । एउटाले गर्दा पुरै समाजमा खैलाबैला हुन्छ । कुटाकुट गर्दा कतिपयको ज्यानसमेत जान सक्छ । त्यसैले गृह मन्त्रालयले बेलैमा ध्यान पुर्याउनुपर्छ । घटना घट्नुअघि नै सचेत हुनु राम्रो । अब बजारमा कालोबजारीले गर्नेहरु पनि ह्वात्तै बढछन् । एक सय रुपैंया पर्ने सामान तीन सय रुपैंया हालेर किन्नुपर्ने बाध्यता आइलाग्छ ।
टिकट काउण्टरहरुमा पनि बिचौलिया सल्बलाउछन् । टिकटमा पनि कालोबजारी हुन्छ । दोब्बर मूल्यमा टिकट किन्नुपर्ने बाध्यता आइपर्छ । बजारमा अनुगमन बढाऊ भनेर गृह मन्त्रालयले हरेक जिल्लाका सिडियोलाई अहिलेसम्म पनि निर्देशन दिएको छैन् । यता, सुरक्षाको दायरा बढाउनका लागि सुरक्षाकर्मीहरुलाई पनि खटाइएको छैन् । मँहगीको कारणले जनताको चुलो बाल्न नसक्ने अवस्था बनिसकेको छ । यातायात व्यवसायीले पनि दोब्बर भाडा लिएर जनता ठगिरहेका छन् । सवारी साधन दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या पनि दिनहु उकालो लागिरहेको छ ।
तापनि, सरकारलाई अलिकति पनि मतलब छैन् । प्रदेश सरकार त नाम मात्रको सरकार भइहाल्यो । सिडियो र प्रदेश सरकार नै व्यापारीसंग मिलेको देखिन्छ । बजार अनुगमन गर्नलाई न गृह मन्त्री खाँण तात्छन् न सिडियो । उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु हात बाँधेर बसेका छन् । विगतको तथ्याकं हेर्ने हो भने सबैभन्दा धेरै सवारी साधन दुर्घटनामा दशैंमा पर्छ । अरु बेलाभन्दा दशैंमा धेरै दुर्घटना हुनु पछाडि धेरै कारण छन् । न चेकिङ कडा छ न बाटोघाटो राम्रो । सिटभन्दा बढी यात्रु हाल्नु यातायात व्यवसायीको त विगतदेखि चलिआएको चलन नै भइहाल्यो ।
सरकारको कमीकमजोरीका कारणले वर्षेनि धरै जनताको ज्यान जानेगरेको छ । ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी पनि आफ्नो ठाँउबाट जिम्मेवार बनिदिनुपर्यो । उनले सम्पूर्ण ट्राफिकलाई चेकिङ बढाउनका लागि निर्देशन दिनुपर्छ । सार्वजनिक यातायातमा अझै कडाइका साथ अनुगमन हुनुपर्छ । दशैं लागेसंगै घर जानेको संख्या बढेको छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले गाडीको छत निकाल्नुपर्छ भनेर निर्णय गरेको छैन् । यता, यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतको पनि यतातिर ध्यान गएको छैन् ।
दशैंको मौका छोपेर यातायात व्यवसायीले छतभरि सामान हाल्छन् । बाटोमा प्रहरी नभएपछि उनीहरु छतमै समेत यात्रु बोकेर हिँड्छन् । चाडबाड लागिसकेपनि कसरी अघि बढ्ने ? भनेर अनुगमन गर्नका लागि कुनै पनि निकायले योजना तयार पारेको छैन् । सरकारले पनि जनतालाई सचेत बनाउनुपर्छ । सरकारले विभिन्न माध्यमबाट जनचेतनाका कार्यक्रम ल्याउन सक्छ । तर, गृहमन्त्री खाँणसंग यति गर्ने पनि क्षमता छैन् । अरु देशमा सवारी साधन दुर्घटना परेर कसैको ज्यान गयो भने सरकार जिम्मेवार बन्छ । त्यहाँको सरकारले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेको छ ।
तर, नेपालमा ठ्याक्कै त्यसको उल्टो छ । यहाँ बर्षेनि दुर्घटनामा परेका हजारौंले ज्यान गुमाउदा पनि सरकार जिम्मेवार बन्दैन् । न सम्बन्धित व्यक्तिले आफ्नो गल्ती स्वीकार्दै राजीनामा दिन्छन् । दशैं आउन अब एक महिना पनि बाँकी छैन् । बजारमा किनमेल गर्नेको चहलपहल छ । घर जानेको भीड पनि बढेको छ । बैंकबाट पैसा निकाल्नेको संख्या पनि बढेको देख्न सकिन्छ । तर, कुनै पनि क्षेत्रमा व्यवस्थित सुरक्षा संयन्त्र खडा गरिएको छैन् । गृह मन्त्री खाणले यति पनि गर्न नसक्ने हो भने तत्कालै राजीनामा दिनुपर्यो । नत्र भए सुरक्षाकर्मी र सिडियोलाई बोलाएर बजारमा निगरानी राख्न निर्देशन दिनुपर्यो ।
सुरक्षाकर्मीले पनि जनताले तिरेको करबाट तलबभत्ता खाने तर काम केही नगर्ने । दिन कटाउने माना पचाउने काम भइरहेको छ । बजारमा के भइरहेको छ ? के चलिरहेको छ ? मँहगीले जनतालाई कति मारमा पारेको छ ? कालोबजारी भइरहेको त छैन् ? भनेर अनुगमन गर्नुपर्यो । जनतालाई सुरक्षा दिने र राष्ट्रलाई सेवा दिने भनेर सुरक्षाकर्मीहरुले जागिर खाएका हुन् । तर, जनतालाई उनीहरुले के सुरक्षा दिए त ? जनताले मुलुकमा सुरक्षाकर्मी छन् भनेर अनुभव गर्न सकेका छैनन् । देशको सीमाना भारत मिचेको मिच्यै गर्छ तर पनि सुरक्षाकर्मी मौन ।
सुरक्षाकर्मीको मुख्य काम भनेको नेताहरुको चाकडी गर्नु मात्र हो । एउटा नेताको पछाडि एक दर्जन सुरक्षाकर्मी खटिएका हुन्छन् । तर, जनताको सुरक्षा गर्न कोही पनि छैनन् । दशैंमा ट्राफिक जाम एकदमै धेरै हुन्छ । अहिले नै ट्राफिक जाम जनताका लागि टाउको दुखाइको विषय बनेको छ । झन् दशैंमा त यसले उग्र रुप लिन्छ । अझै पनि सरकारले गर्छ भनेर सोच्नु नै गलत हो । अहिलेको सरकार असफल भयो भनेर पुष्टि भइसकेको छ । यो सरकारले जनताका लागि केही काम गर्न सक्दैन् । आफू पनि राम्रो काम नगर्ने र अरुलाई पनि गर्न नदिने काम भइरहेको छ ।
एकअर्काको खुट्टा तान्नु नेपालमा वर्षौदेखि चलिआएको प्रवृत्ति हो । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले बेसमेण्ट पार्किङ हटाउन थालेपछि नेपाली कांग्रेसका नेताहरुलाई भत्भती पोलेको छ । कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले उनको प्रगति देख्न सकेनन् । बालेनको विरोध गरिरहेका छन् । तर, बालेनले नराम्रो कामचाहि के गर्यो ? काठमाडौंका जनतालाई ठिक लागेको छ भने अरुलाई केको चासो । नेकपा एमाले र कांग्रेसले राम्रो काम गरेको भए स्वतन्त्र आउदैनथ्यो ।
राम्रो काम गर्नेलाई प्रोत्साहनको साटो निरुत्साहन गरेपछि कसरी मुलुकको रुप फेरिएला ? अब बालेन जसरी काम गर्नुपर्यो , होइन् भने प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खाँणले राजीनामा दिनुपर्यो । महेश बस्नेत र मीनबहादुर विश्वकर्माको विरोधमा जनता सडकमा आउनुपर्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार