पाकिस्तानमा चौबिस घण्टाको समयावधिमा ३६ जनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार १९:३४:३
१५ भदौँ, एजेन्सी । पाकिस्तानमा भारी वर्षापछिको बाढी र वर्षासँग सम्बन्धित घटनाको कारण गएको २४ घण्टाको समयावधिमा ३६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए)का अधिकारीले जानकारी दिएका छन् ।
यस प्रकोपमा परी एक हजार नौ सय ४१ जना घाइते भएका पनि ती अधिकारीले थप जानकारी दिएका छन् । पाकिस्तानको पूर्वीभागमा रहेको पञ्जाव प्रान्त यस भीषण प्रकोपबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले मङ्गलबार साँझमा प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।
यस क्षेत्रमा बाढी र वर्षा सम्बन्धित घटनामा परी १९ जनाको मृत्यु हुनुको साथै एक हजार नौ सय १९ जनाको घाइते भएका एनडिएमए जनाएको छ ।
त्यसपछि दोस्रो स्थानमा खैबर पाख्तुन्ख्वा प्रान्त रहेको यहाँ नौ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । वर्षा र बाढी प्रभावित क्षेत्रमा एक हजार पाँच सय ९१ किलोमिटर सडक र ८१ पुल र तीन वटा पसल क्षतिग्रस्त भएको छ ।
पाकिस्तानमा यस वर्षको मौसमी वर्षा शुरु भएयता एक हजार एक ६२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन हजार पाँच सय ५४ जना घाइते भएका एनडीएमएनले थप जानकारी दिएको छ ।
एनडीएमएनका अनुसार यस प्रकोप शुरुभएयता एक लाख १८ हजार दुई ४७ व्यक्तिको उद्धार गरिएको छ । हाल चार लाख ६२ हजार दुई सय ३६ व्यक्ति अस्थाई शिविरमा बस्दै आएका छन् ।
यस प्रकोपको कारण तीन करोड ३० लाख ४६ हजार तीन सय २९ व्यक्ति प्रभावित भएका जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धारकार्य गर्न एडीएमए, अन्य सरकारी सङ्गठन, गैरसरकारी सङ्गठन र स्वयमसेवकको सहभागिता रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार