बनेपा र पाँचखालमा महोत्सव हुँदै
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २०:९:४
१५ भदौ, बनेपा । दसैँ पर्व नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकको बनेपा र पाँचखालमा महोत्सव हुने भएको छ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित पाँचखाल युनाइटेड फुटबल एशोसिएशनको आयोजनामा आगामी असोज ३ देखि १६ गतेसम्म ‘तेस्रो पाँचखाल महोत्सव’ हुने र मञ्जुश्री फाउण्डेशनको आयोजनामा बनेपामा पहिलो पटक ‘बनेपा म्युजिक फेस्टिभल’ हुने भएको छ ।
घरासायी तथा निजी क्षेत्रको व्यापार र कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘तेसो पाँचखाल महोत्सव २०७९’ पाँचखालमा हुन लागेको एशोसिएशनका अध्यक्ष मिलन श्रेष्ठले बताए । विशेषगरी चाडपर्व लक्षित विशेष सहुलियतमा सामान बिक्री गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । करिब ३० लाख लागत लाग्ने अनुमान गरिएको महोत्सव ६० हजारले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव संयोजक गणेशप्रसाद काफ्लेले बताए । यसअघि पनि एशोसिएशनले दुई पटक महोत्सव गरिसकेको छ ।
पाँचखाल नगरपालिका–४ का वडाध्यक्ष सुन्दर लामाले फुटबल एशोसिएशनले आयोजना गर्ने महोत्सवले पाँचखालको पहिचान स्थापित गर्न मद्दत पुग्ने बताए । फर्मस कर्पोरेशनको सहयोगमा आगामी भदौ १८ गते बनेपाको लायकुमा सांगितीक महोत्सव (म्युजिक फेस्टिभल) गर्ने भएको छ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने र लायकु दरवारको प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो । सो क्रममा राष्ट्रियस्तरका म्युजिकल ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
आजदेखि राजविराज महोत्सव हुँदै
कात्तिक १५, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
असोज ३०, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार