सप्तरीमा तीन प्रहरीमाथि आक्रमण, तस्करलाई एसपीकै संरक्षण !
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २१:१८:२२
१५ भदौ, राजविराज । केही दिन अघि सप्तरीको बेल्ही नाकाबाट भित्रिएको तस्करीको सामान बरामद गर्न गएको प्रहरी टोलीमाथी आक्रमण गर्दा ३ जना प्रहरी घाइते भएपनि त्यसलाई गुपचुप राखिएको छ । सशस्त्र प्रहरी बलका कर्मचारीहरु कम संख्यामा रहेको र तस्कर समूह धेरै संख्यामा रहेका कारण प्रहरीमाथि आक्रमण भएको थियो । सो आक्रमणमा पनि डिउटीमा खटिएका तीन सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् ।
बेल्ही नाकामा भएको बीओपीसँग मिलेर सशस्त्र प्रहरीका सप्तरीका एसपी रमेशकुमार थापाले डिउटीमा कम जनशक्ति परिचालन गर्दा तस्कर समूहको आक्रमणमा प्रहरी कर्मचारीहरु परेका हुन् । एसपी थापाले अहिले उनीहरुलाई उपचार गर्नुको साटो घट्ना गुपचुप राख्ने प्रयास गरिरहेका छन् । ‘एसपीले बीओपीमा रहेका जनशक्तिलाई आउट छाड्न निर्देशन दिएका छन् त्यही भएर बीओपीले पनि कम जनशक्ति परिचालन गर्ने गरेको छ, जिल्लाभरि नै सशस्त्र प्रहरीका अधिकारीहरु आउट गएका छन्’, स्रोतले भन्यो ।
सप्तरी मात्र होइन अहिले धनुषाका एसपी प्रकाशकुमार सुवेदी, महोत्तरीका एसपी दीपेन्द्र गिरिलगायतका तराईका अधिकांश जिल्लाको धन्दा पनि उस्तै छ । ती जिल्लाका विभिन्न नाकाबाट तस्करी मौलाएको श्रोत बताउँछ ।
पर्साका सबै नाकाहरुमा कडाइ भएपछि अरु जिल्लाका एसपीले आफ्ना घुमुवालाई पर्सामा पनि परिचालन गरेको स्रोतको दावी छ । सबैभन्दा बढी महोत्तरीको सम्सी नाकाबाट तस्करी भइरहेको श्रोतको दाबी छ । त्यहाँ बीओपीका इन्सपेक्टर जयराम बस्नेतले सेटिङ मिलाउने गरेको स्रोतको दावी छ ।
अहिले सो नाका हुँदै भारतबाट तेल , चिनी , लत्ताकपडा , हार्डवयरको सामान आदि तस्करी भइरहेको बताइन्छ । यता जोलजिबी बीओपी दार्चुला परेको काजलाई डवल काज गराएर कमाउधन्दाको लागि सुबर्णपुर पर्सा पुगेका इन्सपेक्टर दीपक नापित समेत कमाउधन्दामा लागेको श्रोतको दावी छ ।
१३ नं. गण पर्साका एसपी तेजप्रसाद पोखरेलको आँखा छलेर उनले तस्करीलाई बढवा दिइरहेको स्रोतको दावी छ । उनी शक्तिकेन्द्रको आडबाट त्यहाँ पुगेका हुन् । त्यहाँ जानमात्रै उनले लाखौ रुपैया खर्च गरेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार