प्रभु क्यापिटलकाे प्रभु ऐश्वर्या योजना ३१ भदाैसम्म सञ्चालन हुने

नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २०:३३:१

१५ भदाै, काठमाडाैं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिदा एक बर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ ।
“यो तीजमा प्रभु क्यापिटलको उपहार, AMC मा छूटको बहार” भन्ने नारासाथ शुरु हुने यो अफर यही भदौ १४ गते हरितालिका तीजका दिनदेखि ३१ भाद्रसम्म सञ्चालनमा आउने जनाएको छ ।
तोकिएको अवधि भित्र यस लगानी व्यवस्थापन सेवामा आबद्व हुने महिलाहरुले एक वर्षका लागि वार्षिक सेवा शुल्कमा १०० % नै छूट पाउनेछन् । यो योजनामा यस अघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा महिलाहरुको लगानीका लागि प्रोत्साहन गर्न ५० % छुट दिई १ प्रतिशत मात्र AMC लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।
यो योजना महिलाहरुलाई केन्द्रित गरी ‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई विगत एक बर्ष अघि तिजकै अवसर पारी सञ्चालनमा ल्याईएको हो जसमा महिला ग्राहकहरुले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्छन् ।
क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीहरुले अन्य पिएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । त्यसै गरी ग्राहकहरुले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँट गरिने
फागुन १२, २०८१ सोमबार
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो
फागुन ११, २०८१ आइतबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा ग्याल्पो लोसारको शुभारम्भ
फागुन १५, २०८१ बिहिबार
युएसएआईडीको ९० प्रतिशत विदेशी सहायता सम्झौता कटौती गर्ने रणनीतिमा ट्रम्प प्रशासन
फागुन १५, २०८१ बिहिबार
पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा
फागुन १५, २०८१ बिहिबार
विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याएको झन्डै चार किलो सुनसहित तीनजना पक्राउ
फागुन १५, २०८१ बिहिबार
'सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन
फागुन १५, २०८१ बिहिबार
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
फागुन १५, २०८१ बिहिबार