पुर्वाधार विकाससँगै नागरिकहरुको खाद्यसुरक्षामा मेयर बालेनले देखाएको चासो
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २१:४४:५४
अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह चर्चाको शिखरमा छन् । सामाजिक सञ्जालदेखि आमसञ्चारमाध्यमहरुमा अहिले एकछत्र समाचारको श्रोत बनेका छन् बालेन । उनलाई काठमाडाैं महानगरबासीले अथाह समर्थनका साथ स्वतन्त्र रुपमा मेयरमा बिजयी गराएका हुन् ।
मेयर पदमा बिजयी भए लगत्तै काठमाडौंको फोहोर ब्यवस्थापन नगरी खादा र माला समेत नलगाउने उद्घोषकासाथ आफ्नो कार्यमा खटिएका बालेनलाई देशकै ठूला राजनैतिक पार्टी भनाउँदाहरुको निरन्तर असहयोगले झण्डै निराश पनि बनाएको हो । फोहोरमाथि राजनीति गर्न पल्किएका फोहोरीहरुलाई फोहोरले नै समाप्त पार्ने अवस्था देखिएपछि अहिले भने काठमाडौंको फोहोर ब्यवस्थापन गर्न बोक्रे समर्थन देखाउँन थालेका छन् ।
महानगरपालिकाको स्वच्छता र सौन्दर्यतालाई सवल र सुन्दर बनाउन फुटपाथमा राखिएका पसलहरुलाई ब्यवस्थित गर्ने अभियानसमेत चलाएका मेयर बालेनलाई फेरी पनि राजनैतिक दलहरुले आक्रमण गरे । मकैं ब्यापारी काण्ड हेर्दा सामान्य तर ठूलो राजनैतिक उथलपुथलको संकेत थियो । तर त्यसलाई समेत मेयर बालेन शाहले अत्यन्तै सुझबुझका साथ ब्यवस्थापन गरिदिए ।
पहिले ठूलो माछा समाउदा साना माछाहरुलाई अप्ठ्यारो पर्ने अभिप्रायले नै मेयर बालेन शाहले परिवर्तनको कास्टिङ शुरु गरेका थिए । फोहोर बाटोमा मात्रै थुप्रिएको रहेनछ, नेताका घर आँगनमा, नेताका आडमा सरकारी, सार्वजनिक र गुठीको जग्गा ओगटेर बनाएका अनधिकृत घर टहराहरु, बाटो मिचिएर बनाएका बिना नक्साका टहराहरु देखि सपिङ कम्प्लेक्ससम्मका धरोहरहरुलाई भत्काउन थाले पछि अहिले बालेन शाहलाई डोजर अभियानका अभियन्ताका रुपमा चित्रित र प्रशंसा गर्न थालिएको छ ।
भर्खरै मात्रै काठमाडांै महानगरपालिकाका मेयर शाहले खाद्य नियन्त्रण तथा स्वच्छता कायम गर्न काठमाडांै महानगरपालिकाको मातहतमा खाद्य प्राबिधिकहरुको ब्यवस्था गर्नु पर्ने कुरामा जोड दिएको र काठमाडौंबासीहरुको स्वास्थ्य सुरक्षामा देखाएको चिन्ता र चासोले फेरी एकपटक उनी काठमाडांैबासीका मनमुटुमा बस्न सक्ने अर्को गतिलो आधार निर्माण गर्न सक्षम भएका छन् ।
जनताको प्रतिनिधि भएपछि जनताका स्वास्थ्यमा चिन्ता राख्नु एक अभिभावकको जिम्मेबारी पनि हो । यस्ता कुराहरु मिडिया मार्फत सुन्न र देख्न पाउँदा हामीलाई खुसी लाग्नु स्वभाबिक हो । मेयर शाहले उठाउन खोजेको यसकार्यका लागि नगरबासीहरुको स्वास्थ्य एवम पोषणका बारेमा ध्यान दिनका लागि एक खाद्यसुरक्षा तथा पोषण सम्बन्धि ज्ञान भएका नगर बिश्लेषकहरु र केहि खाद्य निरीक्षकहरु ब्यवस्था गर्न जरुरी देखिन्छ ।
यसले काठमाडौं महानगरपालिकाले काठमाडांैबासीका लागि गर्न खोजेको कार्य सफलतापूर्वक सम्पन्न गराउन मद्धत पुग्नेछ । खाद्य सुरक्षा तथा पोषण राज्य सञ्चालनमा रहेका ब्यक्तिहरुको पहिलो प्राथमिकतामा पर्नु पर्छ । यो कुरा बुझेर नै भारतका धेरै नगरपालिकाहरुमा यस्तो प्रकारको ब्यवस्था धेरै पहिला देखि प्रयोगमा ल्याइएको पनि देख्न सकिन्छ ।
हाम्रो देशमा भने खाद्य नियन्त्रण भनेको बजार अनुगमनका माध्यमबाट मात्रै गर्न सकिन्छ भन्ने गलत धारणा अझैसम्म पनि ब्याप्त छ । बजार अनुगमनले मात्र खाद्यसुरक्षा र खाद्यान्नमा मिसावटको नियन्त्रण गर्न सम्भव हुदैन् । यसका लागि ब्यापारी बर्गलाई प्रशिक्षण, पुरस्कार र दण्डको ब्यवस्था गर्न आवश्यक छ । यसो गर्दा महानगरपालिकालाई ब्यापारी बर्गबाट हुने गलत कृयाकलापहरुलाई नियन्त्रण र न्यूनिकरण गर्न सहजता प्राप्त हुन्छ ।
त्यसैले खाद्यसुरक्षा र पोषण कार्यक्रम सञ्चालन गर्दा केबल कानूनको हवाला दिदैं थर्काउने र भड्काउनेभन्दा पनि बजारनियन्त्रण गर्दै सामान्यीकरण बनाउँदै आम नागरिकहरुलाई अभिमूखिकरण कार्यक्रमसहित उत्प्रेरित र ब्यापारीलाई खाद्य प्रशोधन तथा नापतौलका बिषयमा थप जिम्मेबार बनाउँदै लैजान सक्ने हो भने काठमाडांै महानगरपालिकाले लिएको यो अभियानले पूर्णता पाउन सक्छ ।
कानूनलाई बाधकका रुपमा मात्र नलिई यसलाई एक मानकका रुपमा प्रयोग गरिनु पर्छ भन्ने आम सर्वसाधरण नागरिकसहित सम्पूर्ण ब्यापारी बर्गको पनि भनाई रहदै आएको छ । महानगरपालिकाले लिएका हरेक कार्यक्रमहरुको सफल अवतरण सोहि महानगर पालिका भित्र बस्ने नागरिक समाज, ब्यापारी, उद्योगी, शिक्षक, पत्रकार सहित सबैको सहभागिता रहनु पर्दछ भन्ने कुरालाई महानगर पालिकाले बुझ्न सक्ने हो भने भोलिको काठमाडांै महानगरपालिकाको भबिष्य अत्यन्तै उज्यालो र हराभरा देख्नसकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार