अविरल वर्षाले ग्रामीण सडक अवरुद्ध
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २०:५६:५०
१५ भदौ, चौतारा । केही दिन यता परेको वर्षाले सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसँग जोडिएका ग्रामीण सडक अवरुद्ध बनेका हुन् ।
मेलम्ची, तिपेनी, भोताङ मोटरबाटोको ठाउँठाउँमा पहिरो जाँदा पाँच पोखरी गाउँपालिकाका स्थानीयवासीले सास्ती व्यहोर्नु परेको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए । गाउँपालिकाले पहिरो पन्छ्याउने कार्य गरिरहे पनि यातायात सञ्चालन भने हुनसकेको छैन ।
अरनिको राजमार्ग बाह्रबिसे–कोदारी लोकमार्गका विभिन्न खण्डमा पहिरोले बाटो अवरुद्ध भएको छ । स्थानीय राम थापाका अनुसार बलेफी जलबिरे, जलबिरे–कात्तिके–तेम्बाथान सडकमाथिबाट पहिरो आउने र तलबाट भासिने भएपछि आवागमनमा समस्या भएको छ । बाह्रबिसेदेखि त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्कर जोड्ने सडक भासिने र पहिरो जाने भएपछि तीन दिनअघिबाट सडक बन्द भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए ।
स्थानीयवासीका अनुसार पहिरोले १२ वटै स्थानीय तहको सडकमा ठाउँ ठाउँमा क्षति गरेको छ । सडकमा पहिरो झर्दा कतिपय ठाउँमा पूर्ण रुपमा बन्द भएको र कतिपय ठाउँ जोखिमपूर्ण भएकाले यसको मर्मत सम्भारको लागि पहल गरिरहेको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले जानकारी दिए। सडकमा पहिरो झर्दा स्थानीयवासीलाई बजारसम्म आउजाउ गर्नसमेत समस्या भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार