चार वर्षमा दुई सय १८ किमी सडक कालोपत्र
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २१:२४:१६
१५ भदौ, मोरङ । प्रदेश सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चार वर्षमा दुई सय १७ दशमलव ७२ किलोमीटर कालोपत्र सडकको निर्माण गरेको छ । मन्त्रालयका सूचना अधिकारी इञ्जिनीयर ललित चौधरीले प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त सडक निर्माण गरेको जानकारी दिए । प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५÷७६ मा २६ दशमलव १८ किमी, २०७६÷७७ मा ५२ दशमलव २१ किमी, २०७७÷७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८÷७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको हो ।
सडक मर्मत र ग्राभेल
यसैगरी सोही अवधिमा आठ सय १९ दशमलव ८२ किमी सडक मर्मत गरिएको सूचना अधिकारी चौधरीले बताउनुभयो । जसमा आर्थिक वर्ष २०७५÷७६ मा छ सय एक किलोमिटर, २०७६÷७७ मा ६१ दशमलव ५४ किमी, २०७७÷७८ मा ५१ दशमलव १३ किमी र आव २०७८÷७९ मा एक सय छ दशमलव १६ किमी सडक मर्मत गरिएको हो ।
सोही अवधिमा आठ सय ९५ दशमलव ७५ किलोमिटर सडक ग्राभेल गरिएको छ । जसमा आर्थिक वर्ष २०७५÷७६ मा एक सय २८ दशमलव नौ किलोमिटर, २०७६÷७७ मा दुई सय ११ दशमलव ३५ किलोमिटर, २०७७÷७८ मा एक सय ७५ दशमलव ३१ किलोमिटर र आव २०७८÷७९ मा तीन सय ८० दशमलव १९ किलोमिटर सडक ग्राभेल गरिएको छ ।
कच्ची सडक र ट्र्याक
यस्तै, सोही अवधिमा आठ सय ५९ दशमलव ३७ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा एक सय ८१ दशमलव तीन किलोमिटर, २०७६÷७७ मा चार सय ७७ दशमलव ८२ किलोमिटर, २०७७÷७८ मा एक सय नौ दशमलव १९ किलोमिटर र २०७८÷ ७९ मा ९१ दशमलव सात किमी कच्ची सडक निर्माण गरिएको छ ।
मन्त्रालयले उक्त अवधिमा पहाडी क्षेत्रमा दुई सय ५४ दशमलव ३६ किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा सात दशमलव पाँच किमी, २०७६÷७७ मा एक सय ४२ दशमलव ५९ किलोमिटर, २०७७÷७८ मा ५५ दशमलव १९ किलोमिटर र आव २०७८÷७९ मा ४९ दशमलव आठ किलोमिटर सडकको ट्र्याक खोलिएको सूचना अधिकारी चौधरीले जानकारी दिए।
सोही अवधिमा आठ दशमलव ४६ किलोमिटर सडक ढलान गर्ने कार्य सम्पन्न गर्नुका साथै १६ दशमलव ८८ किमी सडक सोलिङ गरिएको छ।
मोटरेवल र झोलुङ्गे पुल
मन्त्रालयले सोही अवधिमा प्रदेशमा ५५ वटा मोटरेवल पुलको निर्माण गरेको छ । जसमा आर्थिक वर्ष २०७५÷७६ मा १०, २०७६÷७७ मा १२, २०७७÷७८ मा आठ र आव २०७८÷७९ मा २५ पुल निर्माण सम्पन्न गरेको हो ।
सोही अवधिमा प्रदेशभरिमा एक सय पाँच वटा झोलुङ्गे पुल निर्माण गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा सात, २०७६÷७७ मा २९, २०७७÷७८ मा ४४ र आव २०७८÷७९ मा २५ वटा झोलङ्गे पुल निर्माण भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार