कहिल्यै सुधार नहुने विचरा जाजरकोट सदरमुकाम
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २१:१८:५५
♦ हेमन्त केसी
१४ भदौ, सुर्खेत । भिरालो जमिनमाथि घर र वस्तीट । त्यही जमिनमा जबर्जस्ती टाँसेर निर्माण गरिएका सडक । सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा सडक नै दुर्घटनाको प्रमुख कारण बनिरहेको छ ।
यो दृश्य जाजरकोट सदरमुकाम अर्थात भेरी नगरपालिका–४ शान्तिचौतारादेखि वडा नम्बर ३ को तल्लो थाप्लेसम्मको हो । यही भु(भागभित्र जिल्लाका सबै सरकारी कार्यालय छन् ।
स्थानीय सरकारको रुपमा रहेको भेरी नगरपालिका जानेआउने बाटो समेत यहीँ छ । जाजरकोट–डोल्पा खण्डको एक भाग ९भेरी करिडोर०समेत यहीँ पर्छ । राति पानी पर्न थालेपछि यहाँका स्थानीयवासीले ज्यान जोगाउन घर नै छोड्नुपर्ने बाध्यता छ । बढ्दो मानवीय क्रियाकलापले आफैँलाई धराप पर्नेगरी दैनिक काम हुँदा सदरमुकामको अस्तित्व बिस्तारै लोभ हुने अवस्थामा पुगेको सरोकारवालाहरूको प्रतिक्रिया छ ।
प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सत्या पहाडीले केही दिन अगाडि प्रतिनिधिसभा बैठकमा जाजरकोट सदरमुकाम पहिरोको जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् । जिल्लाको पुरानो बजार क्षेत्र रहेको ठाँटीबजार नजिकै होटल तथा स्थानीयवासीले फोहोर पानी जथाभावी खसाल्दा पुरै जमिन भाँसिएको छ । यही ठाउँमा पटक पटक मर्मतका नाममा करोडौँ खर्च थए पनि जोखिम न्यूनिकरणको भरपर्दो काम अझै हुन सकेको छैन । सदरमुकामका अधिकांश ठाउँमा सामुदायिक तथा सरकारी जमिन समेत कब्जा गरेर घर टहरा निर्माण गरी अस्थायी बस्ती बसाउने कामले पनि तीव्रता पाएको छ ।
भेरी नगरपालिकाले सडकको छेउछाउदेखि अन्य अधिकार क्षेत्रभित्र रहेको कुनै विकास निर्माणमा ध्यान नदिँदा सदरमुकामको भविष्य अन्धकार बन्दै गएको छ । दरमुकामको भारवहन क्षमताभन्दा पनि बढी मानवीय क्रियाकलाप हुँदा अस्तित्व नै संकटमा पर्ने उद्योग बाणिज्य संघ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए । निजीस्तरबाट सञ्चालनमा रहेका बैंकहरूका अगाडि यातायातका साधनहरू पार्किङ गरी टिकट काट्ने स्थल बनाइएको छ ।
भेरी नगरपालिकाको आँखै अगाडि बेथितिका चाङ देखिए पनि नदेखेझै गरेर रमिते बनेको भेरी–१ का वीरबहादुर बस्नेतले बताए । जिल्ला नापी कार्यालयले दिएको जानकारी अनुसार २१० वटा घर मात्र यहाँ दर्तावाल जमिनमा निर्माण भएका छन् ।
दलका नेताहरूले सरकारी तथा सामुदायिक वनको जग्गा मिचेर ठुलाठुला घर निर्माण गरेको नापी कार्यालयको तथ्यांकमा उल्लेख छ । घर निर्माणको कुनै मापदण्ड नहुँदा आफूले खनेको खालडमा आफै पुरिने सम्भाववना बढेको सरोकारवालाहरूको बुझाइ छ ।
भेरी नगरपालिकामा राज्यले पटक पटक गरेको लगानी पनि बालुवाको महल हुँदै आएको छ । संघीय सरकारबाट सडक निर्माणका लागि हरेक वर्ष बजेट बिनियोज गरिएको छ । यहाँ निकै राम्रो बजेट परिरहेको इन्जिनियर सन्तोष शाहीले बताए । तर, त्यो बजेटले मानवीय क्रियाकलाप सुधार नहुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
मंसिर १०, २०८१ सोमबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार