शान्ति विद्यागृहको हीरक वार्षिकोत्सवको तयारी पूरा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २३:२४:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/Shanti-School-e1661946865896_ay8N54hJ7M.jpg)
१५ भदौ, काठमाडौं । देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही भदौ १६, १७ र १८ गते विभिन्न कार्यक्रम आयोजना गरी ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी पूरा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीले जानकारी दिए ।
शान्ति विद्यागृह २००४ वैशाख १९ गते स्थापना भएको शिक्षण संस्था हो । विद्यालयको हीरक महोत्सव गत वैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित गर्नुपरेको भण्डारीले बताए । हीरक महोत्सव अन्तर्गत भदौ १६ गते प्रभातफेरी र हाल अध्ययनरत विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम छ ।
१७ गते पूर्वविद्यार्थी, शिक्षक, सल्लाहकार, अक्षय कोषदाता र अन्य सहयोगीलाई सम्मान मायाको चिनो र सम्मान गर्ने कार्यक्रम तय भएको छ । १८ गते शनिबर स्मारिका र शान्ति कविता विमोचन, संस्थापकहरु, पूर्व प्रधानअध्यापकहरु, संस्थापक शिक्षकहरु, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, कवि, एवं अन्य व्यक्तित्वलाई अभिनन्दन र सम्मान गर्ने कार्यक्रम छ ।
१६ गतेको कार्यक्रममा शिक्षा विकास तथा समनवय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेल, १७ गते त्रिभुवन विश्वविद्यालयका पूर्व उपलकुलपति शंकरराज पाठक र १९ गते पूर्वरक्षामन्त्री भिमसेनदास प्रधान प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी हुने विद्यालय व्यवस्थापनले जनाएको छ ।
शान्ति विद्यागृह गल्कोपाखाका प्रसिद्ध कविराज लम्बोदर भण्डारीको घरबाट सुरु भएको थियो । एक वर्षपछि ठमेलस्थित भगवान बहालमा भाडाको घरमा सारियो । त्यहाँ करीब ३ वर्ष पठनपाठन चल्यो । त्यसपछि अहिले भवन भएको ठाउँमा आफ्नै जग्गामा पढाउन थालिएको शान्ति विद्यागृहका संस्थापक शिक्षक ९५ वर्षीय शंकरलाल मानन्धर बताउछन ।
शान्ति विद्यागृहमा स्थापनाको दिन बिहान साढे ६ बजे जनकविकेशरी धर्मराज थापाबाट सरस्वती वन्दना वाचन गर्दै प्रथम कक्षा सुरु गरिएको थियो । सुरुमा लैनचौर, ठमेल, गल्कोपाखा, पकनाजोल क्षेत्रका करिब ३ सय छात्रछात्रामध्ये छात्रहरूलाई शान्ति विद्यागृह प्राथमिक स्कुलपट्टि र छात्रालाई शान्ति विद्यागृह कन्या प्राथमिक स्कुलपट्टि राखेर पढाइयो । २०५२ सालदेखि यो विद्यालय सहशिक्षालयमा परिणत भयो ।
अहिले विद्यालयमा पूर्वप्राथमिक ‘ईसीडी’ देखि १२ कक्षासम्म पढाइ हुन्छ । यस विद्यालयमा अहिले ६ सय २ छात्र र ५ सय १८ छात्रा अध्ययन गरिहेका छन् । उनीहरूलाई पढाउन ७ जना शिक्षक र ३२ जना शिक्षिका छन् । पद्मशमशेरका पालामा २००४ सालमा स्थापित यो विद्यालय राणाकालमा खुलेका विद्यालयमध्येको एक पनि हो ।
विद्यालयले २००९ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थीहरू सहभागी गराउँदै आएको छ । यो विद्यालयबाट निस्केका विद्यार्थी देश÷विदेशका साथै विभिन्न क्षेत्रमा स्थापित भएका छन् । स्थापनादेखि २०३० सालसम्म सामुदायिक रूपमा चलेको यो विद्यालय त्यसपछिको १६ वर्ष सामुदायिक तथा सरकारी अवधारणामा सञ्चालन गरियो । २०४६ सालयता भने विद्यालय पूरै सरकारी अवधारणाअनुसार चल्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार