सीट बाँडफाँडमा बामदेव र बाबुराम तगारो, ८५ मिल्यो ८० मिलेन
केदार भट्टराई (काका)
भदौ १६, २०७९ बिहिबार १६:२८:५
१६ भदौ, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सीट बाँडफाँडमा बनिसकेको सहमति फेरी खलबलिएको छ । मंगलबार अबेर भएको भनिएको सहमति बुधबार मध्यान्हसम्म पनि नटिकेपछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बुधबार साँझको गठबन्धन बैठकमा सहभागी नै भएनन् । महत्वपूण बैठक छाडेर नेपाल राष्ट्रपति कार्यलय पुगेका थिए ।
अहिले गठबन्धनमा मिलाउन नसकेको बिषय भनेको २ सीट मात्रै हो । नेकपा माओवादीले मंगलबारको सहमति इन्कार गर्दै बामदेव गौतम र डा. बाबुराम भट्टराईसमेत गरी फेरी ५२ सीट मागेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गरेको सीट भागबण्डामा कांग्रेसको सीट ८५ बाट घटेको छैन । उनले माओदीलाई ५२ राखेर नेकपा एसलाई १५, जनता समाजवादीलाई १३ र राष्ट्रिय जनमोर्चालाई २ सीट भनेका छन् ।
प्रचण्डले भनेअनुसार २ सीट पुर्याउन कसैन कसैले छोड्नै पर्छ, नत्र सीट छैन् । कार्यदलका एक नेताले बताए अनुसार बिहीबार बिहान भएका अनौपचारिक छलफलमा जनमोर्चालाई दिने भनिएको २ सीटमध्ये एउटा राष्ट्रियसभामा दिने । बामदेव गौतमालाई राजीनामा गर्न लगाएर उक्त ठाउमा जनमोर्चाकी दुर्गा पौडेललाई लाने र बागलुङमा एक सीट दिने । तर, यसो गर्दा पनि माओवादीले नै सीट घटाउनपर्ने देखिन्छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रचण्डले यो हिसाब देखेपछि विच्किएका हुन् । उनले बुधबार नै कसैले छाडेको भाग खानका लागि आफु गठबन्धनमा नबस्ने बताइसकेका छन् । यही कारणले गर्दा नेपाल बुधबार साँझको गठबन्धन बैठकमा नगएका हुन् । नेपाल १८ देखि २० सीट भित्र चित्त बुझाउने पक्षमा थिए । उनले सार्वजनिक रुपमै आफुमाथि एकएक अपमान भएको बताएका छन् ।
यता, कांग्रेसभित्र पनि किचलै छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने भएपछि पार्टीको आधिकारिक धारणा बनाउन प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीट बाँडफाँका विषयमा छलफल गर्न वर्तमान र पूर्वपदाधिकारीहरुको बैठक बालुवाटारमा बोलाएका थिए ।
बैठकमा कांग्रेसले लिने सीट र शीर्ष नेताबीच सहमतिमा पुग्न सकिने गरी भएका कुराकानीबारे देउवाले जानकारी गराएपछि बैठकमा तीन वटा आवाज चर्को रुपमा उठेका थिए ।
बैठकमा कांग्रेसले ६० प्रतिशत आफुसँग सुरक्षित राखेर बाँकीमा सीट मात्रै बाँडफँड गर्ने, कांग्रेसले जित्ने आधार भएका क्षेत्रहरु कुनै पनि हालतमा अरु दललाई नदिने र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि समेट्नुपर्ने आवाज आएपछि सभापति देउवा झस्किएका थिए । शीर्ष नेताबीच मंगलबार अबेरमा कांग्रेसले ८५ सीट लिने र बाँकी ८० सीट दलको हैसियत अनुसार मिलाउने भन्ने सहमति भएको थियो ।
पदाधिकारी बैठकपछि कांग्रेसमा ८५ मा २ सीट भएपनि थप्नुपर्ने आवज उठिरहेको छ । आजको बैठकमा महामन्त्री गगन थापाले यसबारे प्रश्न उठाउने बताएका छन् । यसरी हेर्दा बाबुराम भट्टराई र बामदेव गौतमा माओवादीको चुनाव चिह्नबाट लड्ने भएकाले अध्यक्ष प्रचण्डले सीट बढाउन खोजिरहेका छन् ।
बाहिर ६० सीटको दावी भएपनि उनी ४० सीटमा लगभग सहमति आइकसेका थिए । प्रधामन्त्री देउवाले भने माओवादीलाई अझैपनि ४५ भन्दा तल झार्ने प्रयास गरिरहेकाे बताइन्छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार