प्रथम मेयर कप पुटबलको उपाधि नवयुवा क्लबलाई
नेपालबहस संवाददाता
भदौ १६, २०७९ बिहिबार १५:३३:७
१६ भदौ, तनहुँ। प्रथम मेयर कप फुटबलको उपाधि नवयुवा क्लब भादगाउँले जितेको छ । सदरमुकाम दमौलीमा बुधबार सम्पन्न फाइनल खेलमा न्यू बुद्ध युवा क्लब भानुलाई ३–० गोलअन्तरले पराजित गर्दै नवयुवाले उपाधि हात पारेको हो ।
शान्तिदीप युवा क्लब शिशाघाटलाई २–१ गोलअन्तरले हराउँदै न्यु बुद्ध फाइनलमा पुगेको थियो भने गन्नी एफसी पोखरा कास्कीलाई २–० गोल अन्तरले पराजित गर्दै नवयुवाले फाइनलमा स्थान बनाएको थियो । विजेता नवयुवा क्लबले उपाधिसँगै रु दुई लाख दुई हजार दुई सय २२ तथा उपविजेता न्यु बुद्ध भानुले रु एक लाख एघार हजार एक सय ११ का साथै ट्रफी र मेडल प्राप्त गरेको छ ।
विजेता टोलीलाई कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले पुरस्कार प्रदान गर्नुभयो । तीजको अवसरमा यही भदौ आठदेखि १४ गतेसम्म भएको प्रतियोगिताको फाइनल खेलका म्यान अफ दी म्याच नवयुवाका फोफोना घोािष्त भए । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी न्यु बुद्ध भानुका सन्दीप राना, सर्वाधिक गोलकर्ता नवयुवाका सन्तोष गुरूङ र उत्कृष्ट गोलरक्षक नवयुवाकै शिव पिया भए । उनीहरूलाई जनही रु सात हजार पाँच सय प्रदान गरिएको खेल संयोजक राजेश मल्लले जानकारी दिए । प्रतियोगितामा ४२ टोली सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
मैतिदेवीको भगवती मन्दिरमा रंगिचंगी (फोटोफिचर)
असोज २१, २०८१ सोमबार
आजको मौसमः कतै हल्का वर्षा, कतै सफा
असोज २१, २०८१ सोमबार
यस्तो छ आजको अमेरिकी डलर र युरोको खरिद तथा बिक्री दर
असोज २१, २०८१ सोमबार
पञ्चांग निर्णायक समिति भन्छ, आज पनि कुष्माण्डा देवीकै पूजा र आराधना गर्नुपर्छ
असोज २१, २०८१ सोमबार
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव
असोज २१, २०८१ सोमबार