खबरदार ! नेपाललाई बच्चा जन्माउने मुलुकमा परिणत नगरियोस्
देवेन्द्र चुडाल
भदौ १६, २०७९ बिहिबार १८:५५:५४
पछिल्लो समयमा पाँच दलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकार आफ्नै कारणले गर्दा दलदलमा फस्दै गएको छ । सरकारले बहुमतको घमण्ड देखाएकै कारण ऊ दलदलमा फस्दै गएको हो । राष्ट्रपतिले नागरिकता विधेयकमा असन्तुटि जनाउँदै पुनर्विचार गर्न संसदमा साउन ३० गते फिर्ता पठाएको विधेयकलाई जस्ताको तस्तै भाद्र २ गते प्रतिनिधिसभाबाट पारित गरि राष्ट्रियसभा हुँदै विधायन समितिलेसमेत पास गरिहेको छ ।
सरकारले राष्ट्रपतिले असन्तुटि जनाएका विषयमा संसदमा व्यापक छलफल र बहस चलाउनुको सट्टा विधेयकलाई जस्ताको तस्तै पारित गर्ने निर्णय गर्याे त्यो नै आपत्तिजनक रहेको छ । पाँचदलीय गठबन्धनलाई संविधानले चिन्दैन । राष्ट्रपति सविधानको पालक भनेर संविधानले नै भनेको छ ।
संविधानका पालकले असन्तुष्टि जनाएका विषयलाई सरकारले सम्बोधन गर्नु सरकारको दायित्व र कर्तव्य भएपनि उल्टो राष्ट्रपतिले असंवैधानिक कार्य गरेको भनेर पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले विधेयक पुर्नविचार गर्न भनेर फिर्ता पठाउँदा कसरी राष्ट्रपतिले असंवैधानिक कार्य गरिन् भनेर पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले सार्वजनिक रुपमा बोल्नु संविधान विपरितको कार्य हो । संविधानले नै राष्ट्रपतिले विधेयक पुर्नविचार गर्नु भनेर फिर्ता पठाउँदा कसरी राष्ट्रपतिले असंवैधानिक कार्य गरिन् ? त्यसको जवाफ सरकारले जनतालाई किन दिनु नपर्ने ?
प्रतिनिधिसभामा रहेको सबैभन्दा ठुलो दल र प्रमुख विपक्षी दललाई समेत सरकारले वेवास्ता गर्दै उसले दिएका सुझाव र सल्लाह समेत स्वीकार गर्न सकेको देखिएन् । प्रमुख विपक्षी दललाई वेवास्ता गर्दै आएको सरकारले अन्य साना दललाई त देख्दै देख्दैन् । त्यसको एउटै कारण हो टुक्रा टुक्रा जोडेर निर्माण गरिएको पाँचदलीय गठबन्धनको बहुमतको घमण्ड ।
पाँचदलीय गठबन्धनमा रहेका दलहरुमध्येका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सल्लाहनुसार नै देउवा सरकार सञ्चालन भइरहेको र देउवालाई दाहालले आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थनुसार नै सल्लाह दिने मात्र होइन त्यसैनुसार निर्णय गर्ने दवाव दिने गरेका हुनाले प्रधानमन्त्रीमा देउवा रहेका भएपनि मन्त्रिपरिषद्ले गर्ने प्रत्येक निर्णयहरुमा दाहाल हावी हुँदै आएका छन् ।
मंसिर ४ गते हुने भएको संघीय संसद र प्रदेशसभाको निर्वाचनका लागि पाँच दललाई सिट संख्या भागवण्डा गर्नुपर्ने भएको छ । त्यो विषयलाई टुँगोमा पुर्याउन पाँचदलीय गठबन्धनले ११ सदस्यीय कार्यदल समेत बनाएको छ । कार्यदलको प्राय प्रत्येक दिन प्रधानमन्त्रीको सरकारी निवासमा बैठक बसिरहेपनि कार्यदलले सिट बाँडफाँडलाई टुँगोमा पुर्याउन सकिरहेको छैन् । कार्यदलको बैठक पार्टी कार्यलयमा बस्नु पर्नेमा प्रधानमन्त्रीको सरकारी निवासमा बैठक बस्नु पाँचदलीय गठबन्धनको अर्को अनैतिक कार्य हो ।
संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुलाई संसद सचिवालयले सेवासुविधा सहित कर्मचारी सहितको कार्यकक्ष सिंहदरबारभित्रै उपलब्ध गराएको भएपनि कांग्रेसको बैठक भने प्रधानमन्त्रीकै सरकारी निवासमा बस्ने गरेको छ । यतीमात्र होइन पाँच दल र पाँच दललले निर्माण गरेको कार्यदलको बैठक समेत बालुवाटारमै राखेर सरकारले जनतालाई कस्तो सन्देश दिन खोजेको हो ? त्यो नै अहिलेको जटिल प्रश्न हो । आफूले संविधान, ऐन र कानुन विपरित कार्यहरु गर्ने अनि अरुले संविधानअनुसार गरेका कार्यहरुलाई पनि असंवैधानिक देख्नु साउनमा आँखा फुटेको गोरुले हरियो घाँस देख्छ भने नेपाली उखानलाई देउवा सरकारले चरित्रार्थ गरेको छ ।
नागरिकता विधेयकका सम्बन्धमा सरकारले जनतालाई भ्रममा राख्ने प्रयास गरिरहेको छ । प्रायः प्रत्येक दिन गृहमन्त्री बालकृष्ण खाँण सहितका अन्य मन्त्रीहरु नागरिकता विधेयकका बारेमा ठाउँ पाउने वित्तिकै बोलिरहेका छन् । उनीहरुका अनुसार विगतको केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश र अहिलेको विधेयक खासै फरक छैन भनेर । खासै फरक छैन भने के के फरक छ त ? त्यो प्रष्ट पार्नु पर्ने कि नपर्ने ? तत्कालिन राज्य व्यवस्था तथा सुशासन समितिले झण्डै तीन वर्ष लगाएर तयार पारेको नागरिकता सम्बन्धी प्रतिवेदनलाई किन वेवास्ता गरियो ?
समितिबाट पारित भएर संसदमा दर्ता भएको विधेयक हतार हतारमा देउवा सरकारले किन फिर्ता लियो ? समितिले तयार पारेको प्रतिवेदनमा नेपाली पुरुषसँग विवाह गरेर आएकी विदेशी महिलाले ७ वर्ष पछिमात्र नेपाली नागरिकता पाउने विषयमा दलहरुबीच सहमति जुटेको थियो । सोही अनुसार संसदमा दर्ता गरिएको विधेयक कस्को स्वार्थमा फिर्ता लिएर फास्ट ट्रयाकका नाममा हतार हतार नागरिकता विधेयक बनाएर बहुमतका आधारमा पारित गरियो किन ? नागरिकता जस्तो संवेदनशिल विषयमा किन व्यापक छलफल र बहस चलाइएन अनि अन्य मुलुकमा नागरिकता सम्बनधी कस्ता कस्ता प्रावधानहरु रहेका छन् भनेर किन अध्ययन गरिएन् ?
विश्वका कुनै पनि मुलुकमा नेपालमा जस्तो सहजै नागरिकता पाउने प्रावधान छैन् । देउवा सरकारकै भनाइलाई स्वीकार गर्ने हो भने पनि ओली सरकारले ल्याएको अध्यादेश र अहिले चर्चामा रहेको नागरिकता विधेयकमा खासै फरक छैन रे ? के ओली सरकारले गल्ती गरेको भए त्यसलाई सच्चाउने काम अहिलेको देउवा सरकारले किन नगरेको त ? ओली सरकारले गल्ती गर्याे भनेर पाँचदलीय गठबन्धनको परमादेशबाट सरकार निर्माण भएको होइन र ? पहिला गरेका गल्तीलाई देखाएर आफू पानी माथिको ओभानु बन्ने प्रयासमा देउवा सरकार र पाँचदलीय गठबन्धनका नेताहरु लागेका हुनाले उनीहरुको नियतमाथि नै अब जनताले प्रश्न उठाउने बेला आएको छ ।
प्रत्येक नेपाली नागरिकहरुले नेपाली नागरिकता पाउनुपर्दछ । चाहे उनीहरु हिमाल, पहाड, तराई वा मधेश जहाँ बसेका हुन् । उनीहरुले नागरिकता पाउनुपर्दछ भन्नेमा कसैको विमति छैन र हुनुपनि हुँदैन । तर, नेपालीलाई नागरिकता दिने नाममा विदेशीलाई नागरिकता दिने प्रयास नेपाली जनतालाई कुनै हालतमा पनि स्वीकार्य हुन सक्दैन् । अब विदेशी महिलाले नेपालमा आएर बच्चा जन्माइन् भने त्यस्ता बच्चाले १८ वर्ष पुगेपछि जन्मका आधारमा नेपाली नागरिकता पाउने प्रावधान के नेपाल र नेपाली जनताको हितमा छ र ? अमेरिकामा विश्वका जुनसुकै महिलाले बच्चा जन्माएको खण्डमा सो बच्चाले त्यहाँ बस्न पाउने अधिकार दिएको छ ।
त्यस कारणले गर्दा कतिपय नेपाली महिलाहरु पनि अमेरिका जाने रहरले गर्दा बच्चा जन्माउन अमेरिका पुग्ने गरेका छन् । के अब नेपाललाई त्यस्तो बच्चा उत्पादन गर्ने मुलुकमा परिणत गर्ने त ? अबको एक वर्ष भित्रमा दक्षिण छिमेकी मुलुक भारत विश्वमा सबैभन्दा बढी जनसंख्या भएको मुलुक हुने भएको छ । नेपाल र भारतबीचको सीमामा खुल्ला भएकाले गर्दा दैनिक हजारौं हजार नागरिकहरु आवत जावत गर्ने गरेका छन् । अहिले नेपालमा भएको नागरिकता विधेयकले भारतीय महिलालाई नेपालमा आएर बच्चा जन्माउन पाउने अधिकार दिएको छ भने सो बच्चा १८ वर्ष पुगेपछि उसले जन्मको आधारमा नेपाली नागरिकता पाउने प्रावधान नेपाल र नेपाली जनताको लागि कति हितकर रहेको छ ?
केही दिन पहिला सत्ता गठबन्धनको मुख्य घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घोष गरे तत्कालिन राज्यव्यवस्था तथा सुशासन समितिमा आफूले नै नेपाली पुरुषसँग विवाह गरेर आएकी विदेशी महिलाले ७ वर्षपछि मात्र नेपाली नागरिकता पाउने प्रावधान राख्न लगाएको भने । तर तिनै दाहालको पार्टी सरकारमा सहभागि भएको बेला किन उक्त ७ वर्षे प्रावधान राखियो र नागरिकता सम्बन्धी विधेयक संसदबाट फिर्ता लिइयो किन ? हतार हतारमा अर्को नागरिकता विधेयक फास्ट ट्रयाकबाट निर्माण गरेर किन संसदमा व्यापक छलफल र बहसै नगरि संसदबाट पारित गरियो त ? जब राष्ट्रपतिबाट उक्त नागरिकता विधेयकमा पुर्नविचार गर्नु भनेर फिर्ता पठाइएपछि दाहालले किन त्यस्तो अभिव्यक्ति दिए त्यो नै रहस्यको विषय बनेको छ ।
केही समय अघि अध्यक्ष दाहाल भारत भ्रमणमा गएका थिए । भारत भ्रमण पछि दाहाल किन र कुन स्वार्थको लागि ७ वर्षे प्रावधान हटाउन सहमत भए । नागरिकतामा रहेको स्वघोषणाको विषयमा राष्ट्रिय सहमति भएको सरकारको भनाइमा कुनै सत्यता छैन् । आमाको स्वाभिमानमा ठेस पुग्ने गरि विधेयकमा प्रावधान राखिएको छ । उमेर पुगेपछि प्रमाणपत्रमा केही फरक नपर्ने तर नागरिकताको लागि दरखास्त दिने बेलामा आमाले स्वघोषणा गर्नुपर्ने प्रावधानले गर्दा आमाको भावनामा ठेस पुग्ने प्रायः निश्चित नै रहेको छ ।
राष्ट्रपतिले समेत यस विषयमा प्रश्न उठाएको भएपनि राष्ट्रपतिले उठाएका प्रश्नहरुको स्पष्ट जवाफ दिएर त्यसै अनुसारको प्रावधान विधेयकमा राख्नुको बदला जस्ताको तस्तै नागरिकता विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाइनुले के राष्ट्रपतिको सम्मान भयो त ? राष्ट्रपतिको मात्र होइन यो प्रावधानले गर्दा संविधानकै उपेक्षा भएको छ । किन कि राष्ट्रपति नेपालको संविधानको पालक समेत हुन् भन्ने हेक्का पाँचदलीय गठबन्धन र सरकारले राखेको देखिएन् ।
पाँच दलीय गठबन्धन र देउवा नेतृृत्वको सरकार राष्ट्रपति र राष्ट्रपतिय संस्थाकै बेइज्जती गर्ने कार्यमा उद्धत रहेको छ । गठबन्धनमा रहेका केही दलका नेताहरुले त राष्ट्रपतिलाई महाभियोग लगाउनुपर्दछ सम्म भन्न भ्याएका छन् । उनीहरुलाई हेक्का हुनुपर्ने हो महाअभियोग पारित हुन दुई तिहाई मतको आवश्यकता हुन्छ । अहिलेको सत्ता गठबन्धनमा दुई तिहाई मत छैन, नेकपा एमालेको सहयोग विना महाभियोग पारित हुन सक्दैन् । सत्ता गठबन्धनमा रहेका दलका नेताहरुले राष्ट्रपतिलाई महाअभियोग लगाएर उपराष्ट्रपतिलाई कार्यवहाक राष्ट्रपति बनाएर उनीबाटै नागरिकता विधेयक प्रमाणिकरण गर्न लगाउनुपर्ने समेत उद्घोष गरेका थिए ।
हामी त्यस्ता नेताहरुलाई विचरा मात्र भन्न सक्छौ किन कि राष्ट्रपतिलाई महाभियोग लगाएपनि राष्ट्रपति निलम्बित हुन सक्ने प्रावधान संविधानमा रहेको छैन आफूलाई ठुला नेता हौँ भन्नेहरुलाई त्यतिसम्म हेक्का नहुन लाजको विषय हुनुपर्ने हो । तर खोई के गर्ने जनतालाई ढाँटेर राज्य सत्ताको दोहन मात्र गर्न जानेकाहरुले साँचो कहाँ बोल्न सक्छन् र ? नेकपा एमालेको सहयोग विना निलम्बित भएका सर्बोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग समेत पारित हुन सक्ने अवस्था देखिएको छैन् । राणा निलम्बित भएको छ, महिनासम्म महाभियोगको प्रस्तावका विषयमा सभामुख मौन रहनु र निर्वाचनको मिति तोकिएपछि हतार हतारमा फास्ट ट्रयाकबाट महाभियोग समिति गठन गरेर महाभियोगलाई टुँगोमा पुुर्याउन खोज्नु पनि पाँचदलीय गठबन्धन र देउवा सरकारको अर्को असफलता नै हो ।
देवेन्द्र चुडाल
वरिष्ठ पत्रकार देवेन्द्र चुँडाल काठमाडौंबाट प्रकाशित हुने अभियान साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक हुन् । विगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा निरन्तर क्रियाशील उनी राजनीतिक, सामाजिक विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँछन् ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार