स्व. नेता गिरीको स्मृतिमा सामूहिक वृक्षरोपण
नेपालबहस संवाददाता
भदौ १६, २०७९ बिहिबार १८:१९:२
१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य स्व प्रदीप गिरीको स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । स्व .गिरीको १३औँ पुण्यतिथिका अवसरमा काठमाडौँ क्षेत्र नं ४ का सांसदको कार्यालयको आयोजनामा गौशालास्थित भण्डारखाल चौरमा एक सय आठ बिरुवा वृक्षरोपण गरिएको हो ।
कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्व. गिरी प्रकृतिप्रेमी भएकाले उनको आत्माको शान्तिका लागि सामूहिक वृक्षरोपणको आयोजना गरेको बताए ।
“स्व. गिरी जहाँ गए पनि रुखको छहारीमा बस्न मन पराने , प्रकृतिसँग रमाउने उनको बानी थियो, उनको आत्माको शान्तिका लागि हामीले उनको पुण्यतिथिका अवसर पारेर सामूहिक वृक्षरोपण आयोजना ग१६ भदौरेका हाँै”, उनले भने ।
महामन्त्री थापाले स्व गिरीको भौतिक शरीर हामीमाझ नरहे पनि उनको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैँ अनुशरण गरेर अगाडि बढ्ने स्पष्ट पारे । उनले स्व गिरीको स्मृतिमा देशभर वृक्षरोपण गर्नसमेत सबैलाई आग्रह गरे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्य, कांग्रेस नुवाकोटका पूर्वसभापति एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीलगायतको सहभागिता रहेको थियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
पुष १०, २०८१ बुधबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार