सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार
नेपालबहस संवाददाता
भदौ १६, २०७९ बिहिबार १९:१९:४१
१६ भदौ, दमासकस । इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ । सो क्षेप्यास्त्र सिरियाको उत्तरी शहर अलेपोको एक विमानस्थलनजिकै प्रहार गरिएको हो ।
सिरियाली उत्तरी शहर अलेपोको एक विमानस्थल र त्यहाँ रहेको एक सैनिक क्याम्पमा सो क्षेप्यास्त्र हानिएको सिरियाली सेनाले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ ।
मध्यरातमा विमानस्थलनजिकै हानिएको सो क्षेप्यास्त्रले केही संरचनामा क्षति पुगेको बताइएको छ । त्यसको एक घण्टापछि यहाँको सैनिक शिविरमा पनि सो हमला भएको सेनाको उक्त विज्ञप्तिमा जनाइएको छ ।
सिरियाली सैनिकले ती क्षेप्यास्त्रको प्रतिरक्षा गरेको जनाएको छ । तर कतिपय भौतिक संरचनामा सो आक्रमणबाट क्षति पुगेको भने सेनाले जनाएको छ । मानवीय क्षतिको विवरण भने प्राप्त नभएको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार