विश्वव्यापीरूपमा क्रमशः कम भएपनि कोरियामा कोरोना संक्रमण घटेन
नेपालबहस संवाददाता
भदौ १६, २०७९ बिहिबार २१:१८:११
१६ भदौ , एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोरोना संक्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र संक्रमण बढेको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने संक्रमण दरमा भने केही कमी आएको छ ।
दक्षिण कोरिया र मलेसियामा कोराना संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या बुधबार पनि अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा एक सय १२ , मलेसियामा छ जनाको र न्युजिल्याण्डमा दुई जनाको मृत्यु भएको छ । मङ्गलबार न्युजिल्याण्डमा १७ जनाको मृत्यु भएको थियो ।
दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । बुधबार एकै दिन एक सय १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमानेको सं २६ हजार आठ सय ७६ पुगेको छ ।
बुधबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा ८१ हजार पाँच सय ७३ जना नयाँ संख्यामित थपिएका छन् । हाल दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख २७ हजार आठ सय ९७ पुगेको छ ।
न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ संक्रमितको सङ्ख्या लगातार घटेको छ । बुधबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीहरूले देशका विभिन्न भागमा दुई हजार ६६ जना नयाँ बिरामी थपिएका बताएका छन् । मङ्गलबार त्यहाँ दुई हजार दुई सय ४४ जनामा संख्यामण पुष्टि भएको थियो ।
एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए । बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हाल न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या १७ लाख २६ हजार आठ सय २० रहेको छ भने यो रोगको संक्रमणबाट एक हजार आठ सय ९५ जनाले ज्यान गुमाएका छन् ।
यसैबीच, मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार छ जनाले कोरोना बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । देशमा कुल ४७ लाख ८२ हजार छ सय २४ जनामा कोरोना संख्यामण पुष्टि भएको छ ।
बुधबार जेनेभामा पत्रकार सम्मेलन गरेर विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसका घटना र मृत्युको संख्या दक्षिणपूर्वी एशियाली देशमा बाहेक विश्वव्यापीरूपमा घटेको बताएको छ ।
गत साता संसारभर ४५ लाख नयाँ संख्यामित थपिएका जनाउँदै उक्त विश्व संस्थाले विगतको तुलनामा त्यसमा १६ प्रतिशतले कमी आएको बताएको छ । सोही अवधिमा १३ प्रतिशतले मृत्युदर घटेको तथा १३ हजार पाँच सय जनाकोको कोरोनाबाट मृत्यु भएको थियो ।
डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उत्तरी गोलाद्र्धमा शिशिर यामको शुरूवातसँगै कोरोनाको अझ खतरनाक लहर आउनसक्ने चेतावनी दिएका छन् । उनले धनी देशहरूमा खोप लगाउनेहरूको सङ्ख्या कम रहेकामा चिन्ता पनि व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार