न्युयोर्क महानगरको प्रमुख गन्तव्य टाइम्ज स्क्वायरमा बन्दुक निषेध
नेपालबहस संवाददाता
भदौ १६, २०७९ बिहिबार २१:४१:५६
१६ भदौ , एजन्सी । न्युयोर्क महानगरको व्यापारिक एवम् प्रमुख पर्यटकीय गन्तव्य टाइम्ज स्क्वायरमा बन्दुकलगायत हतियार लैजान नपाइने भएको छ । निकट भविष्यमा उक्त क्षेत्रमा बन्दुक निषेध गरिने अधिकारीहरूले बताएका छन् ।
बन्दुक बोक्ने अनुमति पाएकाहरूलाई पनि उक्त स्थलमा हतियार लैजान निषेध गरिने न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बताएका छन् । टाइम्ज स्क्वायरलाई संवेदनशील क्षेत्रका रूपमा विकास गरिने तथा अब त्यहाँ रहेका विज्ञापन संक्रतहरूमा पनि ‘टाइम्ज स्क्वायर संवेदनशील एवम् बन्दुकमुक्त क्षेत्र’ देखिने उनले बताए ।
कानुनद्वारा अधिकारप्राप्त व्यक्तिले विशेष परिस्थितिमा मात्र त्यहाँ बन्दुक बोकेर जानसक्ने उनले स्पष्ट गरेका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि देशमा बन्दुक हिंसा बढेको भन्दै बन्दुकमाथि प्रतिबन्ध लगाउन आफू प्रतिबद्ध रहेको बताए। टेनिसी राज्यको मेम्फीसमा बुधबार एकजना प्रहरी अधिकारीलाई गोली हानेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ ।
मेम्फीसका प्रहरी प्रमुख सिजे डेभिसका अनुसार गत वर्षको तुलनामा यो वर्ष दुई हजारभन्दा बढी हतियार बरामद भएका छन् । उता डेट्रोइटमा गत आइतबार एकजना किशोरले गोली चलाउँदा तीन जना मारिएका र अभियुक्तलाई हिरासतमा लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
पुष १०, २०८१ बुधबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार