केन्द्रको निर्देशन विपरित कांग्रेस बागलुङले उम्मेदवार सिफारिसमै तोक्यो ७५ हजार शुल्क
नेपालबहस संवाददाता
भदौ १६, २०७९ बिहिबार २२:२४:१७
१६ भदौ, बागलुङ । केन्द्रको निर्देशन विपरित नेपाली कांग्रेस बागलुङले प्रदेशका लागि ५२ हजार र प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नका लागि भर्नुपर्ने आवेदन शुल्क ७५ हजार ताकेको छ । नेपाली कांग्रेस केन्द्रले यसअघिनै उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिइसकेको छ ।
केन्द्रको निर्देशा जाँदा पनि बागलुङ कांग्रेसले भने ७५ हजार रुपैयाँ शुल्क तोकेको छ । बागलुङ कांग्रेसले आकांक्षीहरूले उम्मेदवारको रुपमा सिफारिस हुन आवेदन दिनुपर्ने र त्यसका लागि ७५ हजार रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था गरेको हो । नेता, कार्यकर्ताले भने उम्मेदवारको रुपमा सिफारिस हुनकै लागि चर्को शुल्क तोकिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
केन्द्रीय कार्यालयले १३ भदौमा गरेको सर्कुलरमा उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिनु भन्ने निर्देशन दिएपनि जिल्ला कार्यसमितिले ७५ हजार रुपैयाँ शुल्क तोकेर उम्मेदवार बन्न खोज्नेको ढाड सेकेको नेताहरूको गुनासो छ ।
जिल्ला कार्यसम्पादन समितिले प्रतिनिधिसभा सदस्य र समानुपातिक उम्मेदवार बन्नका लागि पार्टी कार्यालय भवन बनाउन ६० हजार रुपैयाँ सहयोग गर्नुपर्ने मापदण्ड बनाएको छ । सो शुल्क बुझाएपछि थप १५ हजार तिरेर दरखास्त दर्ता गर्ने प्रावधान राखिएको छ ।
प्रदेशसभाका लागि पनि ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने र थप १२ हजार तिरेपछि उम्मेदवारका लागि दरखास्त हुने जिल्ला कार्यसमितिको मापदण्ड छ ।
चर्को शुल्कबारे जिल्ला सचिव हरिहर शर्माले उम्मेदवार सिफारिस गर्दा पार्टीको भवन निर्माणका लागि सहयोग रकम उठाइएको बताएका छन् । उनले बीपी स्मृति भवन भनेर पार्टी कार्यालय बनाउने तयारी गरिएको र यो मौकामा केही रकम संकलन गर्न खोजिएको बताएका छन् ।
उनले कोही त्यत्ति शुल्क तिर्न नसक्ने, तर उम्मेदवारको सिफारिसमा हुनैपर्ने निष्ठावान व्यक्ति भए शुल्क नलिने समेत बताए । उनका अनुसार भवन निर्माणका लागि जग्गा खरिद गरी काम अघि बढाउन ५० लाख रुपैयाँ जम्मा भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै
माघ १३, २०८१ आइतबार