सुर्खेत १ बाट पूर्णबहादुर खड्का उम्मेदवारमा सर्वसम्मत सिफारिस

नेपालबहस संवाददाता
भदौ १६, २०७९ बिहिबार २३:५२:२८

१६ भदौ, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।
बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको छ । खड्का २०७४ सालको चुनावमा एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका थिए ।
बैठकले प्रदेश सभाका लागि उम्मेद्वारहरुको नाम पनि टुंगो लगाएको छ । क्षेत्रनम्बर १ को ‘क’बाट खड्ग पोखरेल, केशर बहादुर वली, चित्र बहादुर रेग्मी र टेक बहादुर सिंहको नाम सिफारिस गरेको छ ।
पाेखरेल कांग्रेस पार्टी जिल्ला सभापति हुन् भने सिंह ०७४ मा माओवादी केन्द्रका ठम्मर विष्टसँग पराजित नेता हुन् । त्यस्तै समानुपातिकतर्फ मात्रै ९ जनाको नाम सिफारिस गरिएको छ । जसमा अनन्त प्रसाद पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायणप्रसाद सापकोटा, बलिमाया बुढा, यामलाल पंगाली, सुशिला कार्की रहेका छन् ।
त्यस्तै क्षेत्रनम्बर १ को ‘ख’बाट अकृता शाही, भूपेन्द्रबहादुर चन्द, भूपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढामगर, हरीप्रसाद शर्मा, लक्ष्मीप्रसाद पौडेलको नाम सिफारिस गरिएको छ । त्यस्तै समानुपतिक तर्फबाट धवल डाँगी, खगिसरा आचार्य र रेनु आचार्य लगाएतको नाम सिरफारिस गरिएको सचिव रानाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार