विराटनगरमा फस्टायो गहुँको तस्करीः २२ सयको गहुँलाई ४५ सयमा बिक्री गर्दै तस्कर अग्रवाल, प्रहरी मुकदर्शक
नेपालबहस संवाददाता
भदौ १६, २०७९ शुक्रबार ०:१०:२०
१६ भदौ, विराटनगर । भारतबाट आयात हुँदै आएको गहुँमा एक्कासी भारत सरकारले निर्यात प्रतिबन्ध लगाएपछि खाद्यान्नको ट्रेडिङ्ग कारोवार गर्दै आएका एक कारोवारी पछिल्लो समय चर्चित बनेका छन ।
अहिले विचौलियामार्फत गहुँको ट्रेडिङ्ग कारोवार गर्ने शिव भगवती ट्रेडिङ्गका कारोवारीले नेपाल भारतका सीमामा रहेका अवैध नाकाको प्रयोग गरी भारतबाट गहुँको आयात गरि मोरंङ जिल्लाका विभिन्न गाउँपालिकामा गोदाम भाडामा लिएर धमाधम अवैध रुपमा भारतबाट आयात गरिएको गहुँ स्टोर गरेको रहस्य मैदा मिल्सका संचालकहरुले नै खोल्न थालेका छन् ।
एक मैदा उद्योगीले दिएको जानकारी अनुसार शिव भगबती ट्रडिङ्गका संचालक मुकेश अग्रवालले रु २२ सय प्रति मेट्रिकटनमा गहुँ खरिद गरी बिक्री गर्दै आएकोमा भारतले गहुँमा प्रतिबन्ध गरेसँगै प्रतिटन रु ४५ सय मुल्य कायम गरेर धमाधम मैदा उद्योगलाई बिक्री गर्न थालेको कुरा स्वयं मैदा उद्योगीहरुले जानकारी गराएका हुन् ।
भारत सरकारले भारतमा उत्पादन हुने गहुँको निर्यातमा प्रतिबन्ध लगाएपछि पछिल्लो समय विश्वव्यापी रूपमा नै गहुँको मूल्य ह्वात्तै बढेको भन्दै अवैध नाकाको प्रयोग गरी ट्रेडिङ्ग कारोवारी अग्रवालले गहुँको आयात गर्दै मैदा मिललाई गहुँ उपलब्ध गराउँदा पनि कच्चा बिलको अत्याधिक प्रयोग गर्दै कारोवार गर्ने गरेको कुरा मैदा उद्योगीले नै जानकारी दिएका छन् । अत्याधिक गहुँको मुल्यका कारण सुनसरी मोरंङ औद्योगिक करिडोरमा संचालन हुँदै आएका मैदा उद्योगहरुले पनि मैदाको उच्च मूल्यबृद्धि भएपछि आफनो मैदाको उत्पादन नै कटौती गरेको कुरा बताउन थालेका छन् ।
करिडोरका मैदा उद्योगीहरु उद्योगलाई आवश्यक पर्ने गहुँको आयात भारत माथि नै निर्भर रहेको कारण गहुँ प्रतिबन्धसँग शिव भगवती ट्रेडिङ्गका संचालक मुकेश अग्रवाल पछिल्लो समय दिनदुना र रात चौगुना कमाउने अभियान नै संचालन गरेर मालामाल भएको कुरा व्यवसायीहरुले नै जानकारी दिएका छन ।
ट्रेडिङ्ग कारोवारी अग्रवालले भारतबाट अवैध नाका प्रयोग गरि नेपाल भित्रयाएको गहुँ स्टोर गर्नका लागि मोरंङ जिल्लाको धनपालथान गाउँपालिका ४ कर्सिया ठेगाना कायम गरी आन्तरिक राजश्व कार्यालय विराटनगरमा दर्ता कायम गरेको शिव भगवती ट्रेडर्सले विभिन्न ठाउँमा गोदाम भाडामा लिएर गहुँको स्टोर गर्न थालेपछि गहुँमा हुने कारोवार छताछुल्ल बनेको कुरा मैदा उद्योगी बताउँछन ।
उक्त ट्रेडिङ्ग फर्मले मोरंङको कटहरी गाउँपालिकामा आठ वटा, धनपाल थान गाउँपालिकामा चार वटा र जहदा गाउँपालिकामा तीन वटा गोदाम भाडामा लिएर गहुँको स्टोर गरेको कुरा समाचार स्रोतहरुले बताएका छन । यी सबै गोदाममा गरि कारोवारी अग्रवालसँग ८० हजार मेट्रिक टनभन्दा बढी नै गहुँको स्टोर रहेको कुरा कारोवारीहरुले दावी गर्न थालेका छन । यसरी भारतबाट अवैध रुपमा नेपाल भित्रिएको गहुँ स्टोर गरी राख्दा समेत नियमनकारी निकाय मुकदर्शक भएकोमा उद्योगीहरुले आश्चार्य समेत व्यक्त गरेका छन ।
आन्तरिक राजश्व कार्यालय विराटनगरबाट २०५९ सालमा नै ३०१०५६१११ नम्बरबाट आयकर मात्रै दर्ता कायम गरेर शिव भगवती ट्रेडर्सले निर्वाध गहुँको कारोवार गरी ब्रमहलुट मच्चाउँदा समेत सरकारले कार्वाहीको दायरामा ल्याउने पहल समेत नगरेको आरोप उद्योगीहरुले लगाएका छन । गहुँ स्टोर तथा गहुँको स्वघोषित मुल्यलाई लिएर शिव भगवती ट्रेडर्सका संचालक मुकेश अग्रवालसँग सम्पर्क गर्ने प्रयास गर्दा उनी विराटनगर बाहिर भएको भन्ने जानकारी आएको हुँदा उनीसँग सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
मंसिर १२, २०८१ बुधबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार