सिमरामा अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ १६, २०७९ शुक्रबार ०:१५:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/Banner-e1662036309157_sif3nexzjV.jpg)
♦ इन्दिप कोइराला
१६ भदौ, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । यही भाद्र २९ देखि १ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ ।
भारतको दार्जिलिङ, कलकत्ता र सिक्किमको टोली सहभागी हुने सिमरा भेट्रान क्लबका संयोजक हरि चौधरीले जानकारी दिए । नेपालका चितवन, पर्सा, बारा, काठमाडौं, पोखरा, बुटवल, झापा, विराटनगरलगायतका भेट्रान टिमको प्रतियोगितामा सहभागिता रहने छ । देशी विदेशी गरी १९ वटा टिमले खेल्ने चौधरीले जानकारी दिए ।
दैनिक ४ वटा टिमले खेल्ने प्रतियोगितामा अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको नियम र मापदण्ड अनुसार एक टिममा गोलकिपर सहित ८ जना खेलाडीलाई सहभागी गराइने छ ।
प्रतियोगितामा पहिलो हुने टिमले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुनेले ७५ हजार रुपैयाँ र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा प्रत्येक खेलमा एक जनालाई तीन हजारका दरले म्यान अफ दि म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई तीन हजार ५ सय रुपैयाँ प्रदान गरिने बताइएको छ ।
बारा जिल्लाको खेलकुदको विकास र सिमराको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले मधेस प्रदेशमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको भेट्रान प्रतियोगिता गर्न लागिएको सिमरा भेट्रान क्लबका अध्यक्ष विजय ‘राजकपुर’ राउतले जानकारी दिए ।
सिमरा रंगशालामा हुने प्रतियोगितामा अनुमानित १० लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । २०२० फागुन १६ मा जन्मिएकी मन्जुदेवी गुप्ताको सामाजिक महिलाको रूपमा सक्रिय रहँदै गर्दा ४४ वर्षको उमेरमा २०६४ पौष २१ गते स्वर्गारोहण भएको थियो ।
उनकै स्मृतिमा स्थानीय युवाको अगुवाइमा प्रतियोगिता आयोजना गर्न लागिएको भेट्रान सिमराका अध्यक्ष राउतले बताए । सिमरामा २०७४ सालमा पहिलो भेट्रान कप सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार