टुंगिएन नागरिकता विधेयकमाथिको छलफल
नेपालबहस संवाददाता
भदौ १६, २०७९ शुक्रबार ३:२६:३२
१६ भदौं, काठमाडौं। राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको अर्को बैठकमा जारी रहने भएको छ ।
आजको बैठकमा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदको बोल्नेक्रम नसकिएकाले राष्ट्रियसभाको अर्को बैठकमा पनि छलफल जारी रहने जानकारी दिए । अर्को बैठक भदौ १७ गते शुक्रबार अपराह्न २ः ५९ बजे बस्नेगरी आजका लागि स्थगित भएको छ ।
उक्त विधेयकमाथिको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षी दलले नागरिकता विधेयकका सन्दर्भमा राजनीति गरेको आरोप लगाए । अघिल्लो सरकारले अध्यादेश ल्याउँदा वैवाहिक अङ्गीकृत नागरिकताको विषय किन ल्याइएन भनी उनले प्रश्न गरे । उनले त्यसको जवाफ दिन पनि माग गरेका छन् । सांसद देवले अहिलेको विधेयक संविधानसम्मत रहेको पनि स्पष्ट पारे ।
‘राष्ट्रहितलाई केन्द्रमा राखौँ’
राष्ट्रिय हितलाई केन्द्रमा राखेर मात्रै नागरिकताको विषयलाई अगाडि बढाउनुपर्ने सांसदहरूले बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९’ बारेमा आफ्नो धारणा राख्दै उनीहरुले नागरिकता नपाएका नागरिकले नागरिकता पाउनुपर्ने धारणा राखे । छलफलमा भाग लिँदै सांसद देवेन्द्र दाहालले सहमतिका आधारमा नागरिकता विधेयक पारित गरिनुपर्ने उल्लेख गरे ।
सांसद राधादेवी भट्टले नागरिकताको विषयमा राष्ट्रपतिले गरेको पुनः विचारसम्बन्धी धारणाको विरोध गर्नुको कुनै औचित्य नभएको दाबी गरिन। विधेयकमा रहेका केही विषयमा प्रश्न उठेको उनको भनाइ थियो । सांसद विमला राई पौडेलले विधायन समितिमा प्रक्रिया पु-याउनका लागि मात्रै विधेयकका सन्दर्भमा छलफल गराइएको जस्तो आफूले पाएको बताइन् ।
सांसद इन्दु कडरियाले नागरिताको जस्तो संवेदनशील विषयलाई हल्का ढङ्गले लिन नहुने धारणा राखिन् । नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन् । सांसद विमला घिमिरेले राष्ट्रियहित, चासो र चिन्तालाई सम्बोधन गर्दै नागरिकता विधेयकलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिइन् । सांसद मोहम्मद खालिदले राष्ट्रियताको सन्दर्भमा प्रस्तुत नागरिकता विधेयकले कुनै पनि हानिनोक्सानी नगर्ने र विरोध गर्नुको औचित्य नभएको बताए ।
सांसद गोपाल भट्टराई र तुलसाकुमारी दाहालले विधेयक ल्याउने सवालमा समेत प्रक्रिया नपु-याइएको बताए । सांसद इन्दिरादेवी गौतमले नागरिकताविहीनलाई नागरिकता दिने विषयमा समस्या नभएपनि यसलाई हलुका बनाउन नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार