पाकिस्तानमा बाढीको कहरः सिन्धमा १०० किलोमिटर चौडाइको ताल
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शुक्रबार १४:५०:२८
१७ भदौ, काठमाडौं। पाकिस्तानको सिन्ध प्रान्तमा सिन्धु नदीको बहावका कारण १०० किलोमिटर फराकिलो ताल सिर्जना गरेको छ । नासाको मोडिस स्याटेलाइट सेन्सरबाट अगस्ट २८ मा लिइएका नयाँ तस्बिरहरूले भारी वर्षा र सिन्धु नदीको बहावको संयोजनले दक्षिणको सिन्ध प्रान्तको धेरै भाग डुबानमा परेको देखाएको सीएनएनले जनाएको छ ।
तस्विरमा सिन्धुको बहाब बढ्दा १०० किलोमिटर चौडाइ क्षेत्र जलमग्न देख्न सकिन्छ जुन कुनै समय कृषि प्रयोजनमा उपयोग गरिएको थियो ।पाकिस्तानमा १ दशकपछिकै ठूलो बाढी आएको छ । बाढीका कारण ११ सय ६२ जनाको मृत्यु भएको छ ।
बाढीका कारण दजनौँ मानिस हराइरहेका छन भने ३ हजार ५ सय जना घाइते भएका छन् । बाढीले देशका ३ करोड ३० लाख मानिस प्रभावित छन् । बाढीले १० अर्ब डलर बराबरको क्षति गरेको सरकारले प्रारम्भिक अनुमान गरेको छ ।
राष्ट्रसंघले बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न आह्वान गरेको छ । बाढीपछि चीन, बेलायत, क्यानडालगायतका देशले पाकिस्तानलाई सहयोग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार