यसपटक पनि कैलाली-५ गुमाउँदै कांग्रेस, एकल सिफारिसका कारण आरजुलाई क्षितिज र पुस्करको काउण्टर
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शुक्रबार १७:२७:१
१७ भदौ, काठमाडौं । प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई प्रतिनिधिसभा सदस्यका लागि कैलाली–५ बाट भएको एकल सिफारिस निर्वाचनमा पराजयको मुख्य कारण बन्ने देखिएको छ । केन्द्रले गरेको परिपत्र अनुसार प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ एक महिलासहित २ जनाको नाम सिफारिस गर्नुपर्नेमा क्षेत्रीय समितिले एक पुरुष र एक महिलाको आवेदन पर्दासमेत पुरुषको नाम हटाएर आरजुलाई मात्रै एकल सिफारिस गर्दा उनीबिरुद्ध कैलाली-५ मा विद्रोह सुरु भएको छ ।
कैलाली-५ बाट प्रतिनिधिसभा सदस्यका लागि आरजुसँगै महासमिति सदस्य एवं युवा नेता क्षितिज भण्डारीले पनि उम्मेदवारीका लागि आवेदन दिएका थिए । प्रतिनिधिसभा सदस्यका लागि दुइजनाले आवेदन हालेको र दुइजनाको नै सिफारिस पठाउने भनि जिल्ला समितिको निर्णय नै सार्वजनिक भएको थियो । लगत्तै पुरुष तर्फबाट आवेदन दिएका क्षितिजको नाम हटाएपछि कैलाली—५ का कांग्रेस नेताहरु आरजुप्रति अक्रोशित भएका छन् ।
२०७४ को निर्वाचनमा कैलाली–५ बाटै उम्मेदवारी दिएकी प्रधानमन्त्री पत्नी आरजुले धनगढी–५ बाटै पुनः उम्मेदवार बन्ने इच्छा देखाएपछि एकल उम्मेदवारी सिफारिस गरेको कांग्रेस जिल्ला कार्य समितिको भनाइ छ । प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न कांग्रेसका युवा नेता क्षितिज भण्डारीसँग कुनै सल्लाह नगरी उनलाई सिफारिस गरिएको हो । कैलाली निर्वाचन क्षेत्र नं.–५ मा नेता भण्डारीको पनि दाबी रहँदै आएको छ ।
नेपालबहससँग कुरा गर्दै महासमिति सदस्यसमेत रहेका युवा नेता भण्डारीले मंसिर ४ मा हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ५ मा आफुले उम्मेदवारीका लागि दिएको निवेदन केन्द्रमा नपठाउनु आरजुका लागि दुर्भाग्य भएको बताए । उनले आरजुलाई जबर्जस्ति सर्वसम्मत उम्मेदवार बनाउने प्रपन्चविरुद्धमा आफुले बिहीबार पार्टी कार्यालयमा उम्मेदवार बन्नका लागि सिफारिस गरी पाऊँ भनेर निवेदन दर्ता गराएको र सही अनुसार सहमतिमै गर्दा समेत सिफारिस नगरिएको बताए ।
कैलाली—५ बाट भण्डारीको नाम हटाएको समाचार बाहिरिएपछि कैलाली क्षेत्र न। ४ ले भण्डारीको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारीका लागि सिफारिस गरेको छ । उक्त क्षेत्रबाटै संस्थापन पक्षबाट सुनिल भण्डारीको नाम पनि सिफारिस भएको छ । यसैगरी कैलाली क्षेत्र नं ५‘ख’ बाट पनि प्रदेशसभा सदस्यको उम्मेदवारीका लागि भण्डारी सिफारिसमा परेका छन् ।
युवा नेता भण्डारीले एकल सिफारिसमा परेकी आरजुले आफुसँग कुनै सल्लाह नगरेको बताए । आफुले पहिलेदेखि नै उक्त क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव लड्ने बताइरहँदा पनि आरजुले एकपटक पनि फेरी म यही क्षेत्रबाट लड्छु नभनेको बताए । उनले भने,‘सल्लाह गरेर उम्मेदवार दिन चाहेको भए म खुशीसाथ छाडिदिन्थे । तर, उहाँले वास्ता गर्नुभएन् र आफु हार्ने विउ आफै रोपेर जानुभएको छ । नेताहरूको यदि यस्तै ताल हो भने यो क्षेत्र फेरी पनि कांग्रेसले गुमाउँछ ।’
भण्डारीले उम्मेदवारी दर्तापछि सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै बुधबार पार्टी सभापति नारायण भट्ट र केन्द्रीय नृप ओडलगायत नेताहरूसँग भेटवार्ताको सार बुझ्न नेपाली कांग्रेस पार्टीले कारबाही गरेका नेता पुष्करनाथ ओझा कहाँ पुगेर सल्लाहसमेत गरेको बताए । उनीहरुबीच आरजुका विषयमा एक घन्टाभन्दा बढी छलफल भएको थियो ।
भण्डारीका अनुसार पुष्करनाथ ओझाले आरजुबिरुद्ध उम्मेदवारी दिने निर्णय गरेका छन् । ओझाले आफूपनि कांग्रेसीको मत लिएर कैलाली क्षेत्र नः ५ बाट नै प्रत्यक्षमा उम्मेदवारी दिने र केन्द्रीय सभापति देउवाले भेट्न चाहेमा उम्मेदवार हुनेबारे भेट्न तयार रहेको बताएका थिए । ओझाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएपनि आरजुको भन्दा बढी मत पाउन सक्ने भण्डारीले बताए ।
नेता भण्डारीले अघिल्लो पटक पनि आरजुविरुद्धमा प्रतिनिधिसभामा उम्मेदवारी दिएर पछि अर्को निर्वाचनमा टिकट दिने शर्तमा फिर्ता लिएको तर, यो पटक आफुलाई एक शब्दसमेत नसोधिएको गुनासो गरे । यता, पार्टी जिल्ला र क्षेत्रीय समितिमा रहेका नेताहरुले भने बालुवाटारको दवावमा भण्डारीको नाम सिफारिस गर्न नसकिएको बताएका छन् । उनीहरुकै भनाइमा,‘भण्डारीको नाम नपठाउन भनेको नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्र र पद्धति विपरीत कुरा थियो । तर, केन्द्रको निर्देशन मान्न हामी बाध्य भयौ ।’
२०७४ को निर्वाचनमा आरजु एमाले उम्मेदवार नारदमुनी रानासँग ४ हजार ८८० मतले पराजित भएकी थिइन् । यसपटक धनगढीको मेयरमासमेत स्वतन्त्र उम्मेदवार गोपाल हमालले जितेका छन् । हमालले ओझाले उम्मेदवार दिएमा उनलाई सघाउने बचन दिइसकेको बताइन्छ ।
नेता भण्डारीको भनाइमा २०७४ मा असहयोग गरेको भन्दै कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा आरजुका यसपटक ठूलो चुनौतीका रूपमा अउने छन् । ओझासँग कांग्रेसका जिल्लादेखि केन्द्रीय नेताले विभिन्न चरणमा छलफल गर्दासमेत उनले कैलाली–५ आरजुलाई कुनैपनि हालतमा नछोड्ने बताउँदै आएका छन् । ओझा असहयोग नै आरजुलाई पराजय गराउनका लागि काफी भएको स्थानीय नेताहरु बताउँछन् ।
२०७४ को निर्वाचनमा राणालाई ‘टुरिस्ट’ उम्मेदवार भएको आरोप लगाइएको थियो । त्यसपछि राणाले धनगढीमा घरसमेत खरिद गरेकी थिइन् । २०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या कैलाली—५ मा दिनानुदिन बढिरहेको बताइन्छ ।
आरजुका लागि अर्को खतरा भनेको धनगढीमा डोटेलीहरुको बाहुल्यता छ । पुर्खयौली घर डोटी भएकाहरूको बाहुल्य भएकाले डोटी नै पुर्खयौली घर भएका कैलाली कांग्रेसका पुराना नेता ओझा आरजुबिरुद्ध हुँदा सबै डोटेलीहरु पनि उनीबिरुद्ध नै देखिएका छन् ।
स्थानीयहरुका अनुसार धनगढीलाई जनताको भावना बुझ्ने विकासप्रेमी नेता चाहिएको छ । त्यसका लागि आरजु उपयुक्त पात्र भएपनि उनले देखाएको अहंमता र पार्टीका नेताहरुको समीकरण मिलाउन देउखाएको उदासिनताले चुनाव जित्न सहज छैन र फेरी पनि कांग्रेसले यो क्षेत्र गुमाउने सम्भावना प्रवल छ ।
अर्को २०७४ को निर्वाचनमा जेलबाटै उम्मेदवारी दर्ता गराएर चुनाव लडेका लक्ष्मण थारु यसपटक खुला रूपमा निर्वाचन लड्दैन् ।जसकारण पनि आरजुलाई निर्वाचन जित्न सजिलो छैन । नेकपा एमालेले कैलाली–५बाट नारदमुनि राना नै दोहोर्याने तयारी गरेको छ । यदि नारदमुनि राना पुनः प्रतिनिधिसभाको निर्वाचनमा दोहोरिएमा आरजुलाई कैलाली –५ फलामको चिउरा सरह हुने निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार