खेल सामग्री अभावले थलिएको मोफसलको फुटबल
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शुक्रबार १६:२१:४१
♦विवेक मिश्र
१७ भदौ, बेलबारी । नेपाली खेलकुद, त्यसमा पनि फुटबल राजधानी काठमाडौँकै सेरोफेरोमा घुमिरहेको छ । फुटबलको क्रेज भने मोफसलमा नै बढी देखिन्छ । मोफसलमा खेल मैदान जताततै छन् । मैदान देखेरै खेलाडी उत्साहित भए पनि खेल सामग्री अभावमा उनीहरु बिचलित भएका छन् ।
प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छ । राज्यको लगानी पनि काठमाडौँ केन्द्रित छ । तर मोफसलले हिम्मत हारेको छैन । प्रतियोगिता आयोजनामा पछि हटेको छैन मोफसल । खेलाडी पर्याप्त मात्रामा उत्पादन भइरहेका छन् । मोरङको बेलबारीमा मात्रै तीन ठूला फुटबल प्रतियोगिता सञ्चालन हुँदैआएका छन् । सङ्घीय सरकारले खेलकुदमा गरेको लगानी बेलबारीसम्म नआइपुगे पनि स्थानीयस्तरबाटै प्रतियोगिता गर्न लगानी भइरहेको छ ।
मोरङबाट उत्पादन भएका फुटबल खेलाडी रजीन धिमाल, आशिष चौधरी र विकास खवास हाल राष्ट्रिय टोलीमा आवद्ध छन् । मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकीका अनुसार फुटबलमा आकर्षण बढ्दै गएको छ । “स्थानीय फुटबल क्लब र स्थानीय तहबीच प्रतियोगिताका लागि समन्वय हुँदैआएको छ”, उनले भने । जिल्ला फुटबल सङ्घ आर्थिकरुपमा कमजोर भएकाले स्थानीय खेलाडीको चाहनाअनुसार पर्याप्त खेल सामग्री उपलब्ध गराउन नसकिएको उनले बताए ।
बुढाथोकीले भनेजस्तै खेलाडी पनि पर्याप्त खेल सामग्री अभाव रहेका बताउँछन् । बिहीबार लक्ष्मीमार्गस्थित खेलमैदानमा जुनियर खेलाडीलाई प्रशिक्षण दिँदै गरेका एनआरटी फुटबल क्लबका विक्रम धिमालको गुनासो थियो, “पर्याप्त खेल सामग्री पाए दक्ष खेलाडी उत्पादनमा समस्या हुने थिएन ।”
बेलबारीको लक्ष्मीमार्ग क्षेत्रलाई आधार मानेर डाँगीहाट युथ क्लब स्थापाना भएको छ । भाउन्ने क्षेत्रलाई आधार मानेर डाँगीहाट फुटबल क्लब तथा बेलबारी बजार क्षेत्रमा बेलबारी फुटबल क्लब छ । राधानगरमा एम्ब्रियो युवा क्लब खेल गतिविधिमा सक्रिय छ । पर्याप्त स्रोत साधनको अभावमा गोल्डकपको आयोजना गर्नु र एकेडेमी सञ्चालन गर्नु अत्यन्तै चुनौतीपूर्ण काम भएको डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बू बताउँछन् ।
विसं २०७० मा स्थापना भएको डाँगीहाट युथ क्लबले हालसम्म लक्ष्मी माविको खेलमैदानमा चार गोल्डकप भव्यरूपमा सम्पन्न गरिसकेको छ । क्लबका अध्यक्ष विक्रम बान्तवाका अनुसार एन्फा तथा जिल्ला खेलकुदबाट सहयोग प्राप्त भइरहेको छ । बेलबारी–११ स्थित खेलमैदानमा यसअघि राष्ट्रिय लिगअन्तर्गतका पाँच खेल भइसकेका छन् । प्रदेश नं १ स्तरीय महिला फुटबल, जिल्लास्तरीय प्याब्सन र जिल्लास्तरीय एनप्याब्सन खेल प्रतियोगिता पनि यही खेलमैदानमा सम्पन्न भएका छन् । प्रदेशका खेलमैदानमा राष्ट्रिय प्रतियोगिता गर्न सकिने मोरङ जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष सुजय गौतम बताउँछन् ।
विसं २०६६ मा स्थापना भएको डाँगीहाट फुटबल क्लब छोटो समयमै मोफसलमा आफ्नो छाप छाड्न सफल भएको छ । क्लबले तीन गोल्डकप सम्पन्न गरिसकेको छ । गोल्डकप सँगसँगै करिब एक दशक अघि सोही खेलमैदानमा राष्ट्रिय टोलीविरुद्ध मोरङ–११ को खेल भएको थियो । तेह्रवर्षे दौरानमा पाँचथर, झापा, मोरङ, सुनसरीलगायत ठाउँमा करिब ५० प्रतियोगिता जितिसकेको क्लबका अध्यक्ष छत्र लिम्बू बताउँछन् ।
बेलबारीकै बजार क्षेत्रलाई आधार बनाएर फुटबल गतिविधिलाई केन्द्र बनाइराख्ने अर्को क्लब हो बेलबारी फुटबल क्लब । त्यसैगरी उर्लावारीस्थित उर्लाबारी फुटबल क्लब, सम्राट स्टोटिङ क्लब, युनाइटेड युथ क्लब, मोतीराम स्पोर्टिङ क्लब, नव प्रगतिशील समाजसेवा क्लब जहदा, हरैचा स्पोर्टिङ क्लब, चारतारे युवा क्लब लेटाङ र साइनो स्पोर्टिङ गरी १० क्लब ए डिभिजन छनोट खेल्ने क्लब हुन् भने रानी युवा क्लब, त्रिवेणी युवा क्लब, एम्रियो युवा क्लब र रमाइलो युवा परिवार बी डिभिजन छनोट खेल्ने क्लबका रुपमा परिचित छन् ।
बेलबारी–८ राधानगरस्थित एम्ब्रियो फुटबल एकेडेमीमा हाल ५० विद्यार्थी रहेका छन् । रविन थापा सञ्चालक रहेको उक्त एकेडेमीको प्रगति पनि लोभलाग्दो छ । एकेडेमीमा पोशाकलगायत खेलाडीलाई चाहिने सामग्री निःशुल्क उपलब्ध गराउँदै आएको क्लबका अध्यक्ष रविन थापा बताउँछन् । “खेलकुदमा छुट्याइएको बजेटबाट देशलाई राम्रै उपलब्धि हासिल हुन्छ भनेर बुझ्न आवश्यक छ”, उनले भने । त्यसो त खेलकुद राष्ट्रिय एकताको विषय हुनाका साथै देशको सम्मान र गौरव बढाउने विषयसमेत हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
असोज २०, २०८१ आइतबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार