क्वारेन्टिन कार्यालयको जॉचबिना नै अनुमतिपत्र
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शुक्रबार १६:३२:१४
१७ भदौ, वीरगञ्ज । विभिन्न देशबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने अधिकांश खाद्यान्न तथा कृषिजन्य उपजमा क्वारेन्टिन कार्यालयबाट नमूना सङ्कलन गरी जॉचबिना नै (बिना नमूना परीक्षण) प्रवेश अनुमतिपत्र जारी हुँदै आएको छ ।
खाद्यान्न तथा कृषजन्य वस्तु आयात हुँदा प्रवेशअगावै नाकामा उक्त सामग्री खानयोग्य छ कि छैन भनेर विषादी परीक्षणका लागि वीरगञ्जमा क्वारेन्टिन कार्यालय सञ्चालनमा छ । यद्यपि उक्त कार्यालयबाट अधिकांश खाद्यान्न तथा कृषिजन्य सामग्रीमा नमूना सङ्कलन गरी जॉचबिना नै प्रवेश अनुमतिपत्र जारी हुँदै आएको पाइएको छ ।
कुनै पनि खाद्यान्न तथा कृषिजन्य वस्तु नेपाल आयात हुनुपुर्व नै क्वारेन्टिन कार्यालयको विज्ञ टोलीबाट उक्त सामग्री खानयोग्य छ कि छैन भनेर विषादी परीक्षण गरेर खान उपयुक्त हुने भएमात्र कार्यालयले नेपाल प्रवेश अनुमतिपत्र जारी गर्नुपर्ने प्रावधान छ । यद्यपि उक्त कार्यालयबाट अधिकांश नमूना परीक्षणबिना नै नेपाल प्रवेश गर्न अनुमतिपत्र जारी हुँदै आएको हो ।
क्वारेन्टिन कार्यालयमा हाल दरबन्दीअनुसार कर्मचारी नहुँदै कहिलेकाहीँ सबै नमूना सङ्कलन गरी चेकजॉच गर्न नभ्याइने अवस्था रहँदै आएको कार्यालय प्रमुख एवं वरिष्ठ बाली संरक्षण अधिकृत कफिल अहमदले बताए । वीरगञ्जमा क्वारेन्टिनसहित दुई सम्पर्क कार्यालयसमेत छन् । वीरगञ्जस्थित सुक्खा बन्दरगाह क्वारेन्टिन सम्पर्क कार्यालय र वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी (आइसपी) क्वारेन्टिन सम्पर्क कार्यालय छन् ।
हाल वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी (आइसपी) क्वारेन्टिन सम्पर्क कार्यालय बन्द छ । कर्मचारी अभावमा हाल वीरगञ्जस्थित क्वारेन्टिनबाटै वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी क्वारेन्टिन सम्पर्क कार्यालयको कामसमेत सञ्चालन हुँदै आएको हो । आवश्यक जनशक्ति अभावमा काम गर्न समस्या हुँदै आएको अहमदले बताए । नौ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल पाँचमात्र कार्यरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
पुष १२, २०८१ शुक्रबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार