नेपाली समाजमा विकृति फैलाउदैं टिकटक !
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शुक्रबार १८:२१:१२
♦ अनुसा थापा / भक्तपुर
कानूनत समाजको वातावरण खलल पार्न र जनसमुदायमा विकृति फैलाउने खालका क्रियाकलाप कुनै पनि नागरिकले गर्न पाउदैंन् । भड्किलो, उत्तेजना फैलाउने र अवाञ्छित गतिविधि गर्न कानूनले नै बन्देज लगाएको छ । तर, कानूनको धजिया उडाएर समुदायको ख्याल नै नगरीकन टिकटक बनाउने क्रम बढेको छ । समाजले पचाउन नसक्ने खालका टिकटक अहिले छ्याप्छ्याप्ती बजारमा आएका छन् । अश्लिल भिडियो तथा शब्दहरुको प्रयोग गरेर टिकटक बनाउने, आफ्नो शारीरिक प्रर्दशन गर्नेजस्ता हर्कत टिकटकमा बढेका छन् । विश्व प्रख्यात चिनियाँ एप टिकटकले नेपालमा बेतिथिको बाढी ल्याएको छ ।
सकारात्मकभन्दा नकारात्मक सामग्रीहरु बढी टिकटकमा पाइन्छ । टिकटक बनाउने क्रममा कतिपयको ज्यानसमेत गएको छ । घरपरिवारबीच दरार आएको छ । टिकटकमा जथाभावी भिडियो हाल्दा यसले गलत प्रचार गरिरहेको छ । यता, टिकटक नेपाली बनाउछन् तर फाइदा भने चीनले मात्र लिइरहेको छ । नेपालीहरु आफ्नो अमूल्य समय खेर फालेर टिकटक बनाउनेमै व्यस्त छन् । सिर्जनशील ठाँउमा दिमाग लगाउनुपर्ने युवाहरु टिकटकमै झुत्तिएका छन् । पछिल्लो समय भुरादेखि बुढासम्म सबै जना टिकटकमै व्यस्त देखिन्छन् । आफ्नो कामधन्दा छोडेर टिकटक बनाउने र समय खेर फाल्ने कामले हाम्रो समाजमा व्यापकता पाएको छ ।
पढाइतिर ध्यान हुनुपर्ने बालबालिका पनि अहिले टिकटकमै केन्द्रीत छन् । भोलिका भविष्यका कर्णधारहरु पढ्न छोडेर टिकटक बनाउन तिर लागेपछि मुलुकको रुप कसरी फेरिएला ? टिकटकले नेपाली जनतालाई बिगारेको छ । चीन र भारतले टिकटकमा प्रतिबन्ध लगाइसक्दा नेपाल सरकार भने यसलाई छाडा छोडेर तमासा हेरेर बसिरहेको छ । चीनले एप बनायो तर त्यो एपले हामीलाई बिगार्यो । टिकटकले यत्रो विकृति फैलाईरहँदा गृह मन्त्रालयको यसतर्फ ध्यान गएको छैन् । टिकटकले सम्बन्ध लथालिङ्ग पारेको, समाजमा विकृति ल्याएको देख्दा पनि सरकार मौन छ ।
समाजमा अश्लिलता फैलाउने व्यक्तिलाई कारबाही गर्नका निम्ति गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएको छैन् । हालमात्रै टिकटकमा ऋषि धमलाकी पत्नी एलिजा गौतमको ‘डगी डान्स’ अत्यन्तै भाइरल बन्यो । समाजले पचाउन सक्दैन् भन्ने थाहा हुँदाहुदै पनि तीजको समयमा एलिजाले रमिता देखाइन् । उनको सिको गर्दै राष्ट्रसेवक भनिने सरकारी कर्मचारीहरुले समेत कार्यालयको पोशाकमै उक्त नाँच देखाए । अहिले टिकटकभरि रातो सारी भिरेर कालो चश्मा लगाएका महिलाहरुले उक्त डान्स गरिरहेको देखिन्छ ।
आफ्नो मानमर्यादा र संस्कृति बिर्सेर यस्तो खालको क्रियाकलाप गर्नाले समाजलाई कतातिर लगिरहेको कसैले चासो छैन् । एकछिनको रमाइलोको लागि अरुलाई कति असर पारिरहेको भनेर कसैले सोचविचार गरेका छैनन् । धेरै लाइक र कमेण्टको चक्करमा जथाभावी भिडियो हाल्नेलाई सरकारले कारबाही गर्नुपर्छ । समाजको वातावरण खलल पार्ने हक कसैलाई पनि छैन् । टिकटकमा जथाभावी बोल्ने र नाँच्नेविरुद्ध साइबर ब्यूरो कानूनी उपचारमा जानुपर्छ । टिकटकमा भएको अश्लिलता हेर्न नसकेर टिकटक प्रतिबन्धको माग उठेको छ । टिकटक बन्द गर्नुपर्छ भन्दै युवाहरु सडकमा उत्रिसकेका छन् ।
टिकटकको विरोधमा यतिखेर चौतर्फी आवाज उठेपनि सरकारले किन सुनुवाई गर्दैन ? टिकटकले गर्दा यत्रो विकृति फैलिँदा पनि सरकार किन आँखा चिम्लिएर बसेको छ ? कि त सरकार नै नेपाल नै बदनाम गराउन जुटेको छ ? टिकटकमा नेपालीले हालेको अश्लिल भिडियो विश्वभर प्रर्दशन भइरहेको छ । उनीहरुले बोलेका शब्द सबैले सुनिरहेका छन् । उनीहरुको यस्तो हर्कतको मुलुकको शानमाथि गम्भीर दाग लागेको छ । नेपालीहरु नै नेपालको बेइज्जत गर्नमा तम्सिएका छन् । बनाउन पायो भन्दैमा जे पनि बनाउन त मिल्दैन नि ?।
आफ्नो घरपरिवार, सम्बन्ध, नातागोता र समाजको ख्याल नै नगरी टिकटक बनाउनुले ठूलो क्षति निम्त्याएको छ । जसले गर्दा कि टिकटक तत्कालै बन्द गर्नुपर्छ कि त कडा कानून बनाउनुपर्छ । कस्तो खालको भिडियो हाल्न मिल्ने–नमिल्ने सरकारले छुट्याउनुदिनुपर्छ । आफू चर्चामा आउनका लागि समाज बिर्सिन मिल्दैन् । समाजलाई सभ्य बनाउने हो भने पहिले टिकटकमा कडा कानुन लागू गर्नुपर्छ । टिकटकले ल्याएको अश्लिलता रोक्नुपर्छ । समाजमा उत्तेजना फैलाउने क्रियाकलाप गर्नलाई सरकारले छुट दिएको छ ? जे मनलाग्यो त्यही गर्नलाई कानूनले दिन्छ ?
यो त सानालाई ऐन र ठुलालाई चैनजस्तो भएन र ? आफ्नो घरपरिवारभित्र के भइरहेको घरका ठूलाबडाले हेर्नुपर्यो । उनीहरुलाई सही ट्रयाकमा ल्याउन घरको ठूलाले भूमिका निभाउनुपर्छ । घरका ठूलाले सक्दैनन् भने सरकार एक्सनमा आउनुपर्यो । पूराना ऐनकानूनमा कारबाही गर्नु विषय उल्लेख छैन् भने संशोधन गरेर नयाँ बनाऊ । तर, समाज भड्काउने काम बन्द गरौं । समाजले राम्रो होइन् नराम्रो कुरा मात्र सिकिरहेको छ । सभ्य बन्नुपर्ने जनता असभ्य बन्दै गइरहेका छन् । मुलुक उकालोतिर नभई ओरोलो लागिरहेको छ । टिकटकमा शारीरिक प्रर्दशन गरिरहँदा महिलाहरु थप असुरक्षित भइरहेका छन् ।
शरीर त प्रर्दशन गर्नका लागि होइन् । विकासमा लाग्नुपर्ने युवाहरु टिकटकमा झुत्तिँदा मुलुक कसरी उमो लाग्छ । पछिल्लो समय बलात्कारका घटना घट्नुमा टिकटकको ठूलो हात छ । हाम्रो समाज अझै पनि असुरक्षित छ भन्ने कुरा थाहा हुँदाहुदैं पनि अंग प्रर्दशन गरिन्छ । पहिलेपहिले नेपालमा बलात्कारका घटनाहरु सायदै सुनिन्थ्यो होला । तर, अहिले दिनहुजसो बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका छन् । पछिल्लो समय आएका गति, भिडियो र सामाजिक सञ्जालले यस्ता क्रियाकलापलाई थप बढावा दिइरहेको छ । भुसमा आगो फैलिएसरह नकारात्मक गतिविधि छिनमा फैलिइरहेको छ ।
यसमा नेपाली कलाकार र गायक–गायिकाको पनि ठूलो हात छ । कलाकारहरु केही सोचविचार नै नगरी फिल्म खेल्छन् । गायक–गायिकाहरु फोहोरी शब्दको प्रयोग नगरीकन गीत गाउनै सक्दैनन् । यसअघि कोमल वलीले ‘पोइला जान पाऊँ’ भन्दै गति गाइन् उनलाई नेकपा एमालेले सांसद् बनाइदियो । यस्तो गीत गाएर समाजमा विकृति फैलाउनेलाई कारबाही गर्नुपथ्र्यो तर सिधैं साँसद् बनाइयो । फोहोरी गीत गायो र अश्लिल भिडियो बनायो भने चर्चामा आइन्छ भन्ने मानसिकता भएको व्यक्तिहरु भएको समाज कसरी अघि बढ्छ ?
कलाकार ज्योति मगरलाई नचिन्ने सायदै कोही होलान् । उनलाई उनको कलाकारिताभन्दा पनि छोटो पहिरन र अश्लिल नाँचका कारण सबैले चिन्छन् । तर, खोइ त उनीहरुलाई कारबाही ? यस्ता कलाकारहरुलाई कतिञ्जेल छाडा छोड्ने ? कलाकारकै कारणले नेपालको बद्नाम भएको छ । मुलुकका गहना भनिनुपर्नेहरु कंलक साबित भएका छन् । जनतालाई स्वतन्त्रता दिने भन्दैमा जे गर्न पनि दिन मिल्दैन् । एउटालाई स्वतन्त्रता दिँदा अर्कोको हनन नहोस् । नेपाल संविधानले स्वतन्त्रता दिएको छ तर आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अरुको हनन नहोस् भनेर स्पष्ट रुपमा लेखेको पनि छ ।
अभिभावकहरु पनि अहिलेदेखि नै जिम्मेवार बन्नुपर्छ । बाबुआमा आफैं त बिग्रिरहेका छन् भने छोराछोरीलाई पनि बिगारेका छन् । एकछिन रमाइलोले आफ्नो परिवारलाई असर पारेको त छैन् भने घरका जिम्मेवारहरुले सोच्नुपर्दैन् ? बाबुआमाले छोराछोरीलाई गलत पाठ सिकाइरहेका छन् । आफ्नो परिवारले आफै आगो सल्काउने काम भइरहेको छ । जसले घरपरिवार त सोच्दैन् उसले समाजको बारेमा के सोच्ला ? बालबालिकालाई पढाउन, लेखाउन छोडेर अभिभावक आफू त टिकटक बनाउछन्, छोराछोरीलाई पनि त्यही सिकाउछन् ।
पढेलेखेकैबाट कानून मिच्ने काम भएको छ । अशिक्षित जनताले त अवश्य पनि टिकटक चलाउन जान्दैनन् । शिक्षितहरु नै टिकटकतिर झुन्डिएपछि देश र समाजले के आशा गर्ने ? टिकटक बनाउनका लागि मात्र शिक्षाको उपयोग भएको छ । यत्रो लगानी गरेर राज्यले पढाएको टिकटक बनाउनका निमित्त अवश्य पनि होइन् होला । पढेलेखेका जनतालाई त कानूनको विषयमा अलिकति भएपनि जानकारी हुनुपर्ने हो ? समाजमा बसेपछि के गर्न हुने र गर्न नहुने छुट्याउन सक्नुपर्ने हो । तर, यति पनि छुट्याउन नसक्नेलाई कसरी शिक्षित भन्ने ?
पछिल्लो समय महिलाहरुले आफ्नो संस्कृति बिर्सिएका छन् । टिकटक चलाएर जनताले के सिके ? समाजलाई यसले के फाइदा पुर्यायो ? टिकटकमा राम्रोले होइन् नराम्रो सामग्रीले प्राथमिकता पायो । टिकटकमा भएको बेतिथि रोक्न सरकारको तत्कालै ध्यान जानुपर्छ । विकृति–विसङ्गतिलाई बढावा दिने काम कसैले पनि नगरौं । आजको रमाइलोले भोलि ठूलो दुर्घटना निम्त्याउन सक्छ । जनतालाई टिकटकको लत लागिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार