हिमा र सिंजा सरकारका एक सय दिनका काम सार्वजनिक
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शुक्रबार १८:३९:८
♦ दिलमाया शाही
१६ भदौ, जुम्ला । जुम्लाको हिमा गाउँपालिका र सिंजा गाउँपालिकाले आफ्नो एक सय दिनमा भएका कामको विवरण सार्वजनिक गरेका छन् ।हिमा गाउँपालिकाले एक सय दिनको बुलेटिन तयार पारेर पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको छ । सिंजा गाउँपालिकाले भने आफ्ना काम रेडियो सिंजाखोला एफएम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।
हिमा गाउँपालिकाले नेपाल पत्रकार महासंघ जुम्लाको हलमा बुलेटिन सार्वजनिक कार्यक्रम आयोजना गरेर भएका मुख्य कार्यक्रम सार्वजनिक गरेको छ । अध्यक्ष लक्ष्मणबहादुर शाही, वडाध्यक्ष रतनबहादुर शाही र उपराज अधिकारीसहित जनप्रतिनिधिले बुलेटिन सार्वजनिक गरेका हुन् ।
गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष रतनबहादुर शाहीले हिमा सरकारले गरेका एक सय दिनका मुख्य काम यसमा समेटिएको बताए । उनले नयाँ जनप्रतिनिधिको कुनै प्रकारको स्वार्थ नभएको भन्दै काममा विश्वास गर्ने दाबी गरे ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमा गाउँपाकिाले बुलेटिन प्रकाशन गरेर सुशासनको प्रत्याभूति दिलाएको बताए । उनले गाउँपालिकाको केन्द्र टुंगो, ग्रिन रोड र रिभर अभियान, आँखा अस्पताल स्थापना, नाग्मको काठेपुल, कालो तिरुवाको सम्मानसहित विभिन्न काम अगाडि बढाएको बताए ।
उनले गाउँपालिकाले स्वास्थ्य बीमाको प्रक्रिया अगाडि बढाइएको, तर लक्षित वर्गलाई एम्वुलेन्स सेवा सुरुदेखि नै प्रदान गरिएकोमा जोड दिए । अध्यक्ष शाहीले गाउँपालिकामा सबै दलको पार्टीको सहयोगमा केन्द्र टुंगो लागेको भन्दै अब संरचनामा समेत जोड दिने बताए । हिमा(६ का वडाध्यक्ष उपराज अधिकारीले केही नमुना काम गर्दा पनि भत्काउने प्रयास भइरहेको भन्दै काम निरन्तर हुनेमा जोड दिए ।
सिंजा गाउँपालिकाले आफ्नो कार्यप्रगति रेडियो सिंजाखोला एफएमबाट सार्वजनिक गरेको छ । गाउँपालिकाले खस भाषाको अभिलेखीकरण,हाटबजारको सुरुवातदेखि एक सय दिनमा भइरहेका कामको सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सार्वजनिक सुनुवाइ, टेलिफोन टावर सुचारु,पहिलोपटक खस भाषबाट आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम प्रस्तुत, गाउँपालिकाको आफ्नै प्रशासकीय भवन सञ्चालन गरेको, सिंजा गाउँपालिकामा प्रत्येक महिनाको १ गते हाट बजार सञ्चालन गरिएको जानकारी दिए ।
नदीजन्य गिट्टी बालुवाको आइइका लागि प्रक्रिया अगाडि बढाएको, विद्यालयमा गुणस्तर शिक्षा सुधार अभियान सुरु गरिएको, सिंजा गाउँपालिकामा रहेको स्वास्थ्य केन्द्र सुधार गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
मंसिर १०, २०८१ सोमबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार