अफ्रिकाको शान्ति र सुरक्षाको अवस्थामा सुधार भएको छ– अफ्रिकी युनियन
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शुक्रबार १९:११:६
१७ भदौ, एजेन्सी । अफ्रिकी देशहरुमा शान्ति र सुरक्षाको अवस्थामा उन्नति भएको अफ्रिकी युनियनले जानकारी दिएको छ । यहाँका आन्तरिक द्वन्द्व एवं अन्य विवादहरुका विषयमा भएका अफ्रिकी देशहरुका सामुहिक प्रयासका कारण यी देशहरुको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको बताइएको हो ।
अफ्रिकी युनियनका एकजना अधिकारीले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखा परिरहेको अशान्ति र आतङ्कवादी क्रियाकलापहरुको नियन्त्रणका क्षेत्रमा सबै देशले सामूहिक रुपमा प्रयास गरेका छन् ।
सोही प्रयासका कारण यहाँको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको युनियनको निशस्त्रीकरण आयोजनाका प्रमुख तथा सुरक्षा क्षेत्र सुधार विभागका प्रमुख क्रिस्टोफर सुना कायोसेले बताए ।
केन्याको राजधानी नैरोबीमा भएको एक सम्मेलनमा आफ्ना धारणा राख्दै उनले बिहीबार भने– यो सुधार अफ्रिकी देशहरुको सामूहिक प्रयासको प्रतिफल हो ।
यसका साथै यी देशहरुले नागरिक समाजका विभिन्न संघ संघठनहरुको परिचालनका साथै शान्ति सुरक्षा कायम राख्नका लागि शान्ति सेनाको पनि परिचालन गरिएको छ ।
यी प्रयासहरु अफ्रिकी देशहरुले सामूहिक रुपमा गरिरहेका र नागरिक संघसंस्थाहरुलाई पनि हत्या हिंसाका विरुद्धमा जनचेतनाका कार्यक्रमहरु गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
पुष १०, २०८१ बुधबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार