मोरङ ४ मा टिकटका लागि त्रिकोणात्मक प्रतिस्पर्धा, केन्द्रमा आचार्यभन्दा घिमिरेकै पल्ला भारी
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शुक्रबार १९:५७:४२
१७ भदौ, काठमाडौं । मोरङ जिल्लामा उम्मेदवार सिफारिसका कारण नेपाली कांग्रेसभित्र गरमागरम राजनीति चलिरहेको छ । मोरङको क्षेत्र न. ३ र ४ बाहेक अहिलेसम्म अरु निर्वाचन क्षेत्रबाट नाम सिफारिस हुन सकिरहेको छैन् । क्षेत्र न. ३ बाट सुनिल शर्मा एकल सिफारिस भइसकेका छन भने क्षेत्र न. ४ मा टिकटको दावी गरेका पाँचै जनाको नाम सिफारिस गरेर पठाइएको छ ।
मोरङ-४ मा सिफारिस भएका मध्ये कसले बाजी मार्ला भन्ने चर्चा यतिबेला केन्द्रमै पनि चलिरहेको छ । संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाको गृह जिल्ला भएकाले पनि यो क्षेत्र चर्चामा छ । टिकटका मूख्य दुई दावेदार पनि संस्थापन इतर पक्षकै छन् । संस्थापन पक्षले थोरै गडबडी गरेमात्रै पनि यो क्षेत्रबाट महेश आचार्य र गुरु घिमिरेको हातबाट टिकट फुत्कन सक्ने सम्भावना पनि उत्तिकै छ ।
नेपाली कांग्रेसले भदौ २० गतेभित्र प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरुको नाम सिफारिस गर्न परिपत्र गरेका कारण पनि मोरङ कांग्रेसलाई बाँकी निर्वाचन क्षेत्रबाट नेता मिलाएर नाम सिफारिस गर्नुपर्ने चटारो छ । उम्मेदवार बन्न चाहने पाँच जनाको नाम सिफरिस भएकाले यतिबेला मोरङ-४ निकै चर्चामा छ ।
पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता महेश आचार्य उठ्दै आएको मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा यसपटक अन्य चारजना युवा नेताले उनलाई चुनौती दिएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि पार्टीको क्षेत्रीय समितिले आचार्य र अन्य चार युवा नेताहरू गरी पाँचजनाको नाम सिफारिस गरिदिएको छ । महेश आचार्य, गुरुराज घिमिरे, भीम पराजुली, अमृत अर्याल र दिलिप गच्छदार सिफारिसमा परेका छन् ।
पाँच जनाको नाम सिफारिस भएपनि केन्द्रमा टिकट पाउनेमा आचार्य र घिमिरेकै चर्चा बढी छ । आयार्यले सुरुदेखि नै सोही क्षेत्र ओगटी राखेको भन्दै यसपटक आचार्यलाई नभएर घिमिरेलाई केन्द्रबाट टिकट दिने पक्षमा देखिएको छ । सिफारिस अगाडी नै आचार्यलाई केन्द्र र जिल्ला तहबाटै पनि समानुपातिमा बस्न आग्रह गरिएको थियो । तर, उनले प्रत्यक्षमा नै लड्ने जाँगर देखाएका छन् ।
क्षेत्र न. ४ का स्थानीय कार्यकर्ता पनि आचार्यलाई भन्दा घिमिरेलाई नै बढी रुचाउँछन् । घिमिरेले अहिलेसम्म लाभको कुनैपनि पद नपाएकाले यो पटक उनलाई अवसर दिनुपर्छ भन्ने आवाज केन्द्रमै पनि अचार्यको भन्दा घिमिरेको नै बलियो देखिएको छ । उनी सँगसँगै अमृत अर्याललाई टिकट पाउनेमा काम आँक्न सकिने अवस्था छैन् । गठबन्धन भएका कारण सो क्षेत्रमा माओवादीले दावी पनि गरिरहेको छ । ०७४ मा यस क्षेत्रबाट नेकपा माओवादीका अमनलाल मोदीले जितेको क्षेत्र हो यो ।
उनी अहिलेपनि प्रचारप्रसारमा जुटिरहेका छन् । कांग्रेसमा किचलो हुने अवस्था आएमा यो क्षेत्र माओवादीको हातमा जाने सम्भावना पनि उत्तिकै छ । यता, घिमिरे र आचार्यबीचमा सहमति नभए पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका अमृत अर्यालले टिकट उछिट्याउने सम्भावनालाई पनि नकार्न सकिने देखिदैन् ।
यस क्षेत्रका स्थानीय र कार्यकर्ताकाे भनाइ अनुसार कांग्रेसकै भागमा टिकट पर्दा सबैभन्दा बलिया उम्मेदवार भनेका घिमिरे नै हुन् । आचार्य लामो समयदेखि यस क्षेत्रमा रहेपनि उनी बीचमा केही समय निष्क्रिय जस्तै बसेका थिए । मोरङ-४ भित्र पर्ने बेलबारी नगरपालिकाका ३ वटा वडा यस क्षेत्रमा पर्छन् । यस्तै ग्रामथानका ७ वटा वडा, कटहरीका ७ वटा वडा र विरागनगर महानगरका ६ वटा वडा यो क्षत्रमा पर्दछन् । यसमा अचार्यको भन्दा घिमिरेकै पहुँच बलियो देखिन्छ ।
समानुपातिकमा सुरक्षित बस्न नचाहेका कांग्रेस नेता आचार्यको दाबी केन्द्रले पुष्टि नगरेमा उनी संसद छिर्न नपाउने अवस्थामा छन् । बारम्बार आचार्यमात्रै सो क्षेत्रबाट लडिरहँदा नयाँलाई अवसर दिन नचाहेको आरोप उनीमाथि त लाग्ने नै छ । घिमिरेले टिकट नपाउँदा पार्टीभित्र अन्तरकलहको स्थिति आउने सम्भावना पनि देखिन्छ । सिफरिसमा परेका गच्छदार र पराजुलीको दावीलाई पनि काम आँक्न मिल्दैन् ।
लामो समय पार्टीका लागि खर्चिएका घिमिरे टिकट पाउँदा पराजुली र गच्छदारले आफ्नो दावीलाई स्वभाविक रुपमा लिनसक्ने देखिएको छ भने आचार्यले टिकट पाएमा चारै जनाले आफ्नो दावीलाई सहजै स्वीकार गर्ने अवस्था देखिदैन् । जसले गर्दा टिकट पाएपनि अन्तरघातका कारण आचार्य पराजित हुने प्रबल सम्भावना रहेको स्थानीय नेता तथा कार्यकर्ताहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार