मनाङ जाने बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शुक्रबार २०:३१:४
१७ भदौ, लमजुङ । मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर-चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ । लगातार भइरहेको वर्षाले बेसीसहर-चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ।
सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयोजक सूर्यप्रकाश कतिलाले बताए।
डुम्रे बेसीसहर चामे सडक परियोजनाका प्रमुख अच्युतविलास पन्तले अवरुद्ध सडक खुलाउन पटक पटक प्रयास गरिएपनि सफल हुन नसकेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार