कोरियामा कोरोना संक्रमण घटेन , भारतमा घट्दै
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शुक्रबार २०:९:२९
१७ भदौ, सोल । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा काेरना संक्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र संक्रमण बढेको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने संक्रमण दरमा भने केही कमी आएको छ ।
बिहीबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ८९ हजार पाँच सय ८६ जना नयाँ संक्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या दुई करोड ३४ लाख १७ हजार चार सय २५ पुगेको छ ।
दक्षिण कोरियामा अघिल्लो दिन अर्थात बुधबार सार्वजनिक भएको तथ्याङ्अनुसार ८१ हजार पाँच सय ७३ जना नयाँ संक्रमित थपिएका थिए ।
दक्षिण कोरिया काेराेना संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या बुधबारको तुलनामा बिहीबार घटेको छ । बुधबार कोरोना संक्रमणको कारण एक सय १२, जनाको मृत्यु भएको थियो भने, बिहीबार ६४ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन । यो सँगै कोरियामा काेराेना लागेर ज्यान गुमानेको संख्या २६ हजार नौ सय ४० पुगेको छ ।
यसैबीच भारतमा एकै दिनमा छ हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म छ हजार एक सय ६८ जना कोरोना संक्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।
यसैसँगै भारतमा चार करोड ४४ लाख ४२ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बिहीबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा सात हजार नौ सय ४६ जनामा संक्रमण देखापरेको थियो ।
दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संक्रमितको सङ्ख्या ५९ हजार दुई सय १० जना रहेका छन् । नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् ।
२४ घण्टाको समयावधी बिहीबार मध्यरात अर्थात कोरोना संक्रमणबाट भारतमा २१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार नौ सय ३२ भन्दा बढीको मृत्यु भएको छ ।
भारतमा हिजो एक दिनमा नौ हजार छ सय ८५ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३८ लाख ५५ हजार तीन सय ६५ जना कोरोनामुक्त भएका छन् ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। । सो समयबाट हालसम्म दुई अर्ब १२ करोड ७५ लाख २३ हजार चार सय २१ भन्दा बढी मात्रा खोप लगाइएको छ ।
भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६४ लाख ६६ हजार दुई सय ५५ जना कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार
वायुसेवा निगमको आन्तरिक उडान ठप्प
पुष ९, २०८१ मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार