६० वर्षमा चार हजारभन्दा बढी अमेरिकी स्वयंसेवकले नेपालमा काम गरे
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शुक्रबार २०:५७:१८
१७ भदौ, काठमाडौं । नेपालमा बितेका ६० वर्षमा चार हजारभन्दा बढी अमेरिकी स्वयंसेवकले काम गरेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सन् १९६२ सेप्टेम्बरयता हालसम्म उक्त संख्यामा अमेरिकी स्वयंसेवकले नेपालमा काम गरेका हुन् ।
‘यो महिना पिस कोर–नेपालले पिस कोर स्वयंसेवकहरूको पहिलो समूह काठमाडौँ आइपुगेको अवसरको ६० औँ वर्षगाँठ मनाउँदै छ,’ अमेरिकी दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् १९६२ देखि झन्डै ४ हजार अमेरिकीहरूले नेपालमा स्वयंसेवक भई सेवा गरेका छन् ।’
पहिलो पटक सन् १९६२ को सेप्टेम्बर महिनामा ७० भन्दा बढी अमेरिकी स्वयंसेवकहरू काठमाडौं आइपुगेका थिए । उनीहरूले नेपालभर मुख्यतः विद्यालय र कलेजहरूमा सेवा गरी नेपाल र अमेरिकाबिच दिगो सम्बन्धको सृजना गरेको दूतावासको दाबी छ ।
उनीहरुले शिक्षा, वातावरण, कृषि, प्राकृतिक स्रोतसाधन र आर्थिक विकासलगायत क्षेत्रमा परियोजनाहरू सम्पन्न गरेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो ।
सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडिले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वका १४२ मुलुकमा सेवा गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
पुष ९, २०८१ मंगलबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
पुष १०, २०८१ बुधबार
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
पुष १०, २०८१ बुधबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार