निर्वाचनपछिको पहिलो प्रदेशसभाको अधिवेशन अन्त्य
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शनिबार ४:५:२९
१७ भदौ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । पाँच वर्षअघि भएको निर्वाचनपछि गठन भएको पहिलो प्रदेशसभाको कार्यकालको यो अधिवेशन अन्तिम हो ।
आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य गरिएकोसम्बन्धी पत्र वाचन गर्दै जारी दशौँ अधिवेशन अन्त्य गरिएको जानकारी दिए । आजको बैठकले ‘सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ ।
बैठकमा सामाजिक विकास समितिका सभापति कुन्ती जोशी, सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बम, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुवँर र विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले आ–आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा समसामयिक विषयमा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले गएको साढे चार वर्षको कार्यकालमा प्रदेश सरकार सङ्घीय व्यवस्थालाई स्थापित गर्न सफल भएको बताए । उनले भने, “सुरुको अवस्थामा आवश्यक कानून र कर्मचारीको अभावका कारण सोचेजति काम गर्न नसके पनि त्यसपछिको समयमा महत्वपूर्ण काम भएका छन् ।” सङ्घीय व्यवस्था सहरमा होइन गाउँमा खोज्न जरुरी रहेको भन्दै उनले सङ्घीय व्यवस्थाका विरोधी तत्वप्रति सचेत भएर काम गर्नुपर्ने बताए ।
अन्तिम बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता एवं आन्तरिक मामिलामन्त्री रणबहादुर रावल, नेकपा ९एकीकृत समाजवादी०का संसदीय दलका नेता एवं भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी, प्रतिपक्षी दल नेकपा ९एमाले०का प्रकाशबहादुर शाह, जनता समाजवादी पार्टीका मालामति राना र लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले पनि समसामयिक विषयमा धारणा व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार