आठ महिनामा तीन लाख २६ हजार विदेशी पर्यटक भित्रिए
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शनिबार ४:४०:१६
१७ भदौ, काठमाडौं । कोभिड–१९ महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । अङ्ग्रेजी वर्ष सन् २०२२ को सुरुआती चरणदेखि पर्यटक आगमन सुधारोन्मुख रहेको पर्यटक आगमनको आँकडाले देखाएको छ ।
अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको आठ महिनामा कूल तीन लाख २६ हजार छ सय ६७ पर्यटक नेपाल भित्रिएका छन् । यो हवाई मार्ग भएर भित्रिएका पर्यटकको विवरण हो ।
बोर्डका अनुसार गत अगष्टमा ४१ हजार तीन सय चार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोभिडपूर्व सन् २०१९ को अगष्टमा ७३ हजार आठ सय १४ पर्यटक नेपाल भित्रिएका छन । तुलनात्मकरुपमा अगष्टमा कम पर्यटक आउछन् । वर्षायाम भएकाले पर्यटकको सङ्ख्यामा कमी आएको बोर्डले जनाएको छ ।
सेप्टेम्बर महिना पर्यटनमा उपयुक्त सिजन मानिन्छ । यो सिजनमा उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिने गरेका छन् । समग्रमा पर्यटक आगमन सुधारोन्मुख रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । वर्षको सुरुआतदेखिनै पर्यटक आगमन सुधार ‘७५ प्रतिशतसम्म’ ‘रिभाइब’ भइरहेको अवस्थामा अगष्टमा केही कमी आएको उनको भनाइ छ । “अघिल्लो महिनाको भन्दा अवस्था हेर्दा केही घटेको देखिन्छ, अमेरिका, बङ्गलादेश र भारतको सकारात्मक बढोत्तरी थियो, समग्रमा ६५ प्रतिशत रिभाइब भएको देखिन्छ”, निर्देशक लामिछानेले बताए।
इन्धनको मूल्यवृद्धिभएसँगै गन्तव्य मुलुकमा पुग्ने हवाइ भाडा महङ्गो भएकाले पनि पर्यटक आवागमनमा केही असर परेको अनुमान गर्न सकिने उनले जानकारी दिए। अगष्टमा १६ हजार एकसय ४७ भारतीय नेपाल आएका छन् । एसिया र अन्य मुलुकबाट १८ हजार पाँच सय चार, युरोपबाट तीन हजार दुई सय २७ पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकाबाट चार हजार ६६ पर्यटक नेपाल आएका छन् ।
कुन महिनामा कति पर्यटक भित्रिए
बोर्डको विवरणमा जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार नौ सय ६७, जुलाईमा ४४ हजार चार सय ६२, अगष्टमा ४३ हजार दुई सय ४९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
पुष १२, २०८१ शुक्रबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
छत्रकोटमा जीपलाइन सञ्चालन हुँदै
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार