आशिफको शतक, नेपालले केन्यालाई सात विकेटले हरायो
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शनिबार ४:५२:१२
१७ भदौ, काठमाडौं। नेपालले घरेलु टोली केन्यालाई पहिलो एकदिवसीय खेलमा सात विकेटले पराजित गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ दशमलव २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा आसिफ शेखले सर्वाधिक ११० रनको योगदान दिए । उनले १२० बलमा १२ चौका र २ छक्काको मद्दतमा ११० रन बनाए । आसिफले अर्जून साउदसँग पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरे । उक्त साझेदारीले नै नेपालको जित सहज बनायो ।
यसैगरी अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले भने ज्ञानेन्द्र मल्लले २४ रन बनाए । दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाउँदा रोहित पौडेलले अविजित ३ रन बनाए । केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङ खेले । पटेलले ६७ रनको योगदान दिए भने ओबुयाले ६२ रन बनाए । ईफ्रान करिमले ३० तथा सचिन बुदियाले २६ रन बनाए ।
नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३-३ विकेट लिए भने आदिल आलम र पवन सर्राफले समान १÷१ विकेट लिए । यस जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले भोलि केन्यासँग दोस्रो खेल खेल्नेछ । नेपालले यसअघि केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
एनपीएलमा बिजेता र उपबिजेता बनेका शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार