मिटरब्याजी समस्या : सम्भव भएकाको हकमा मिलाप गराइँदै
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शनिबार ५:८:३४
१७ भदौ, काठमाडौँ । विभिन्न जिल्लाका स्थानीय प्रशासनले मिटरब्याजी समस्याका सम्बन्धमा सम्भव भएकाको हकमा मेलमिलापको नीति अवलम्बन गरिरहेको यससम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले जनाएको छ ।
कतिपय पीडितका प्रमाण नपुग्ने र कतिपय अवस्थामा सामान्य किसिमका समस्या रहेकाले मिल्ने र उपयुक्त देखिएकाको हकमा प्रशासन कार्यालयले मेलमिलाप गराइरहेको कार्यदलका संयोजक तथा गृहमन्त्रालयका सहसचिव डा भीष्मकुमार भुषालले जानकारी दिए ।
मिटरब्याजी पीडितले काठमाडौँ मै आएर आन्दोलन चलाउन थालेपछि गम्भिर सामाजिक अपराधका रुपमा मौलाएको मिटरब्याजी अपराधसम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले समस्या समाधानको उपाय निकाल्न विभिन्न पक्षसँग भेटघाट र छलफल गरिरहेको छ ।
समस्या समाधानमा आवश्यक सिफारिससहित सरकारलाई प्रतिवेदन पेश गर्न गत साउन २७ बाट एक महिनाको समय पाएको कार्यदलले समयसिमा नजिकिएसँगै अध्ययन तथा छलफलसमेतलाई तीव्रता दिइरहेको छ । अहिलेसम्म विभिन्न आठ जिल्लामा पुगेर कार्यदलले छलफल गरी सुझाव लिइसकेको छ ।
कार्यदल संयोजक भूषालले भने, “केही मिलाप गरिएको भनेर जानकारी आइरहेको छ, कतिपयका प्रमाण नपुग्ने हुँदा पीडितले न्याय नपाउने अवस्था आउनसक्नेतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ ।” उनले मिटरब्याजी गम्भिर प्रकृतिको सामाजिक अपराध भएको बताउँदै यस्ता गतिविधि रोक्न कस्ता नीति अपनाउन सकिन्छ भन्ने विषयमा सरोकारवालासँग सुझाव लिने क्रम जारी रहेको जानकारी दिए ।
उनीहरुले सामाजिक परम्परा पनि नखल्बलियोस्, मिटरब्याजी सम्बन्धिका अपराध पनि हुन नपाओस् भन्ने विषयमा गम्भिर रहेको र सोही उपायको खोजीका लागि कार्यदल सक्रिय रहेको जानकारी दिएका छन् । अध्ययनका क्रममा छोरकिो विवाह, छोरा पढाउनेलगायत सामाजिक कार्य गर्न, बिरामीको उपचार, वैदेशिक रोजगारी तथा अन्य घरायसी कामका लागि स्थानीयले मिटरब्याजीसँग ऋण लिएको पाइएको छ ।
कार्यदलका एक सदस्यका अनुसार पैसा दिने मध्ये केही व्यक्ति सही पनि रहेको अध्ययनमा पाइएको र उनीहरुले व्याज तिर्न नसक्नेको हकमा व्याज मिनाहा गरिदिएको उदाहरणसमेत फेला परेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट साउन २७ गते गृह मन्त्रालयका सहसचिव डा भिष्मकुमार भूसालको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेका थिए ।
कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन् । कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्का छन् ।
कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएअनुसार आवश्यक काम जारी रहेको र अहिले विभिन्न क्षेत्रका व्यक्तिसँग सुझाव लिने कार्य जारी रहेको छ ।
कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत भ्रमण गरी समस्याका कारक तत्व तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनिकरण गर्न अबलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा खोजी गरी सिफारिससहितको प्रतिवेदन पेश गर्ने कार्यादेश रहेको छ ।
गृहमन्त्रालयले साउन २८ गते नै सूचना जारी गरी मिटरब्याजी अपराध गर्ने विरुद्धमा स्थानीय प्रशासनमा उजुरी दिन आह्वान गरेको थियो । प्राप्त विवरणअनुसार अहिलेसम्म झण्डै दुई हजारको उजुरी प्राप्त भइसकेको छ । भदौ ५ सम्मका लागि उजुरीको मिति तोकिएपनि अहिलेसम्म उजुरी दिने क्रम जारी रहेको जनाइएको छ ।
पत्रकारसँग सुझाव माग
सुझाव लिने क्रममा कार्यदलले आज काठमाडौँमा अपराध विटमा कलम चलाइरहेका पत्रकारसमेतसँग सुझाव लिएको थियो । पत्रकारले मेलमिलापका आधारमा समस्या समाधान गर्न र स्थानीयलाई चाहिनसक्ने ऋण बैंकिङ प्रणालीमार्फत सहज उपलब्ब्ध हुनसक्ने वातावरण निर्माण गर्ततर्फ ध्यान दिन सुझाव दिएका छन् ।
गम्भिर प्रकृतिका अपराध गर्नेलाई भने कानुनी कारावहीमा ल्याउनुपर्नेमा छलफलमा जोड दिइएको थियो । पत्रकारले आवश्यक सचेतनाका साथै प्रभावितको समस्या समाधानमा पनि राज्यको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार