बाढीका कारण पाकिस्तानमा झण्डै आठ लाख पशुको मृत्यु
नेपालबहस संवाददाता
भदौ १७, २०७९ शनिबार ५:३७:२८
१७ भदौ, काठमाडौं । विगत केही हप्तादेखि आएको मूसलधारे मनसुनी वर्षाले शताब्दी लामो रेकर्ड तोडेको छ । साथै केही प्रान्तहरूमा विगत ३० वर्षको औसतभन्दा पाँच गुणा बढी पानी परेको बताइएको छ जसबाट १,२०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएनआइका अनुसार बाढीले ११ लाखभन्दा भन्दा बढी घरहरू क्षति पुर्याएको छ भने थुप्रै घरहरू बगाएको छ । थुप्रै पूर्वाधारहरू नष्ट भएका छन् । विद्यालय र अस्पतालहरू भत्किएका छन् । कम्तीमा १८ हजार विद्यालयमा क्षति पुगेको छ ।
‘हामीले अनुमान गरेका छौँ कि १ करोड ६० लाख बालबालिका त्यसबाट प्रभावित छन् र तीमध्ये ३४ लाख बालबालिकालाई मानवीय सहयोगको खाँचो छ,’ युनिसेफका पाकिस्तानी प्रतिनिधि अब्दुल्लाह फादिलले जेनेभाको प्यालेस डेस नेशनमा आजको पत्रकार सम्मेलनमा उल्लेख गरेका छन् । हाल पानीजन्य घातक रोगहरू छिटो फैलिने उच्च जोखिम छ । झाडापखाला, हैजा, डेंगु, मलेरिया सङ्क्रमणको उच्च जोखिम छ । शौचालयको अभावमा बाढी पीडितहरू रूपमा खुलारूपमा दिसा-पिसाब गर्न बाध्य छन् ।
राहत र उद्धार कार्यहरू अगाडि बढाउन निकै कठिन भएको छ । करिब १६० पुलहरू र पाँच हजार किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएका छन् । पैतीस लाख एकड बाली प्रभावित भएको छ भने र लगभग आठ लाख पशुहरू मरेका छन् । कठिनताका बाबजुत उद्धार र राहत कार्य भने जारी रहेको युनिसेफले बताएको छ ।
युनिसेफका प्रतिनिधिले चिकित्सा उपकरण, अत्यावश्यक औषधि, खोपहरू, सुरक्षित पिउने पानी, स्वच्छता किटहरू, लामखुट्टे विरुद्धका उपायहरू र डेलिभरी किटहरू उपलब्ध गराउन जारी राख्नको लागि यी कोष र स्रोतहरूको तुरुन्तै आवश्यकता रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मंसिर १६, २०८१ आइतबार
अध्यादेशमार्फत सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिने
मंसिर १६, २०८१ आइतबार