हुम्लामा खाद्यान्न अभाव, सीडीओको सिफारिसविना चामल नपाइने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
भदौ १८, २०७९ शनिबार १८:२८:०
![](https://nepalbahas.prixacdn.net/media/albums/chamal1-1658072313_0iItYbPwjk.jpg)
१८ भदौ, सुर्खेत । प्रर्याप्त खाद्यान्न नहुँदा हुम्लामा भोकमरीको सम्भावना देखिएको छ । खाद्यान्न नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री गर्न बन्द गरेको छ । अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिसबाहेक अन्य नियमित गरिने बिक्री वितरण अर्को सूचना नहुँदासम्मका लागि स्थगित गरिएको निमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले बताए ।
जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात कम भएपछि जिल्लाभरि बिक्री वितरण बन्द गरिएको हो । ठेकेदारले सबै चामल ढुवानी नगर्दा चामल खाद्यान्न आपूर्तिमा समस्या देखिएको हो ।
सिमकोट डिपोका लागि गत आर्थिक वर्षको थप चार हजार र ढुवानी हुनु बाँकी ६ सय क्विन्टल पर्ने चार हजार पाँच सय क्विन्टल चामल समयमा ढुवानी हुन नसक्दा यो समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाका निमित्त प्रमुख आचार्यले बताए ।
चालु आर्थिक वर्षमा कम्पनीको सिमकोट शाखाका लागि स्थलमार्गबाट चार हजार र हवाईमार्गबाट १० हजार क्विन्टल गरी १४ हजार क्विन्टल स्वीकृत भएको छ भने जिल्लाका सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका नौ वटा बिक्री केन्द्र ताँजाकोटको छप्रेला बिक्री केन्द्रका लागि एक हजार, श्रीनगर केन्द्रका लागि दुई हजार पाँच सय, देउली बिक्री केन्द्रका लागि पाँच सय, सर्केगाड बिक्री केन्द्रका लागि दुई हजार, खार्पुनाथ बिक्री केन्द्रका लागि एक हजार क्विन्टल तोकिएको छ ।
यस्तै याल्वाङ केन्द्रका लागि पाँच सय र लिमी केन्द्रका लागि पाँच सय गरी हुम्ला जिल्लामा लागि २० हजार पाँच सय क्विन्टल चामल स्वीकृत भई ठेक्का प्रक्रिया अगाडि बढिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । जिल्लामा मनाइने विभिन्न स्थानीय चाडपर्वसँगै दसैँ तिहारमा चामलको अभाव नहोस् भनेर छिटोभन्दा छिटो चामल ढुवानीको व्यवस्था मिलाउन कम्पनीलाई निर्देशन दिइएको उनले बताइन् ।
अघिल्लो वर्षको ढुवानी हुन बाँकी चार हजार ६ सय क्विन्टल चामलमध्ये ६ सय क्विन्टल ढुवानीको समिट एयरले असारमै जिम्मा लिएको भए पनि अहिलेसम्म ढुवानी गरेको छैन । गत वर्ष नेपालगन्जबाट २ हजार र सुर्खेतबाट दुई हजार क्वीन्टल चामल थप भए पनि नेपालगन्जबाट एकएक हजार र सुर्खेतबाट एकएक हजार गरी दुईदुई हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा समिट एयर र सीता एयर बिक्री भइसकेको छ ।
चालु आर्थिक वर्षको चामल ढुवानीलाई दिएको भएपनि सीता एयरले नेपालगन्जबाट एक हजार क्विन्टल ढुवानी जिम्मा लिएर एक सय क्विन्टल मात्र ढुवानी गरेका र बाँकी नौ सय नेपालगन्जबाट र एक हजार सुर्खेतबाट गरी एक हजार नौ सय क्विन्टल र समिट एयरले पुरानो, ६ सय नेपालगन्जबाट एक हजार र सुर्खेतबाट एक हजार गरी दुई हजार ६ सय क्विन्टल चामल अहिलेसम्म ढुवानी नहुँदा यो समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले जनाएको छ ।
वर्षाका कारण समयमा ढुवानी गर्न नसकेको र हिमाली जिल्ला भएकाले बिहान मौसम नखुल्ने र दिउँसो हावा चल्ने भएकाले ढुवानीमा समस्या भएको एयरलायन्सहरुको भनाइ छ । मौसम खुल्ने बित्तिकै ढुवानीको काम सुरु गर्ने एयरलाइयन्सहरुले बताएका छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार