दुलेगौडा–हरिनास सडक पहिरोले क्षतविक्षत !

नेपालबहस संवाददाता
भदौ १८, २०७९ शनिबार १८:३०:१०

१८ भदौ, स्याङ्जा । तनहुँको दुलेगौडादेखि स्याङ्जाको हरिनास जोड्ने सडक अबरुद्ध भएको छ । केहि दिनदेखि परेको अबिरल वर्षापछि गएको पहिरोले दुलेगौडा–हरिनास सडक खण्ड अबरुद्ध भएको छ । एक दर्जन बढि स्थानमा पहिरो जाँदा सडक अबरुद्ध भएको हो ।
आर्थिक वर्ष २०७७/०७८ देखि पालिका केन्द्र जोडनका लागि निर्माण थालिएको सडक पुरा नहुँदै पहिरोले क्षतविक्षत बनाएको छ । सडकको करिब ४० प्रतिशत निर्माण कार्य सकिएको थियो । आर्थिक वर्ष २०७९/०८० अन्त्यसम्ममा सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
वर्षापछि गएको पहिरोले सडक निर्माणमा लगाईएको पर्खाल, नाली बगाएको छ । सडक निर्माणमा लगाईएको जालीहरु पहिरोले बगाएको छ । पहिरोले विभिन्न स्थानमा राखिएका निर्माण सामग्री समेत बगाएको निर्माण कम्पनीले जनाएको छ ।
३२ करोडमा निर्माण सम्पन्न गर्ने गरी गोल्डेन गुड बानियाँ जेभी निर्माण सेवाले सडक निर्माणको जिम्मा लिएको थियो । निर्माणाधीन सडकको पहिरोले झण्डै १ करोड क्षति पु¥याएको निर्माण कम्पनीका परियोजना प्रमुख सन्तोष खड्काले जानकारी दिए । वर्षापछि गएको पहिरोले सडक तोकिएकै समयमा निर्माण गर्न समस्या देखिएको छ ।
पहिरोबाट सवारी साधनहरु पूर्ण रुपमा अबरुद्ध भएको छ, भने पैदल यात्रीलाई आवातजावतमा समेत समस्या भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार सडकको माथिल्लो भागबाट पहिरो खसेको छ भने कतिपय स्थानमा सडक भासिएको छ ।
सोही मार्ग भएर स्याङ्जाको चित्रेभञ्ज्याङ, मग्यामचिसापानी, बिरुवा र क्याक्मी गुड्ने सवारीहरु अलपत्र परेका छन् । एक दर्जन बढि स्थानमा गएको पहिरोले सवारी साधनहरु अलपत्र र ठपप अवस्थामा पुगेको सवारीधनीहरुले बताए । दैनिक रुपमा गुड्ने सवारीहरु पूर्ण रुपमा ठप्प भएको उनहिरुको भनाई छ ।
भारि वर्षपछि गाउँपालिका जोड्ने सडकमा पहिरो गएपछि पहिरो हटाउन र सडक मर्मत गर्न गाउँपालिकाले सक्रियता बढाएको छ । गाउँपालिकामा आउनेजाने सडक पहिरोले लथालिङ्ग भएको सडक सुचारु बनाउने विषयमा निर्माण पक्ष र सरोकारवाला निकायसँगै समन्वय भएको पालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार