अर्थतन्त्रमा केही सहजता देखिएपनि राष्ट्र बैंकले लिएको नीतिमा परिवर्तन हुँदैनः गभर्नर
नेपालबहस संवाददाता
भदौ १८, २०७९ शनिबार १९:३८:२७
१८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्ले समयमा देशको अर्थतन्त्र केही सहज बन्दै गएको बताएका छन् । उनले बैंक तथा वित्तीय क्षेत्र, निजि क्षेत्र र वैदेशिक व्यपारमा क्रमस सहजता देखिन थालेका दावी गरेका छन ।
गभर्नर अधिकारीले अर्थतन्त्रमा सहजता देखियो भन्दैमा मौद्रिक नीतिमाफर्त अंगिकार गरेका नीतिहरुमा कुनै परिवर्तन नआउने र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामाथि गरेको कडाइ कायमै रहने बताए । अझै पनि जोखिम कम नभएको भन्दै उनले राष्ट्र बैंकले अपनाएको सजगता तत्काल नहटाउने संकेत गरे ।
शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं वार्षिक साधारणसभामा बोल्दै उनले अझै केही महिना आयातित केही वस्तुमा गरिएको कडाइ कायम रहेको बताए । अधिकारीले अझै पनि बाह्य क्षेत्रमा देखिएको जोखिम कम नभएको भन्दै जोखिमको अवस्था सामान्य भएपछि मात्रै आयात पूर्णरुपले खुलाउने बताए ।
उनले पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रुपमा बढ्दा संसारभरका अर्थमन्त्री र गभर्नर दवावमा रहेको र नेपाल पनि यसबाट अछुतो नरहेको बताए । इन्धनको मूल्यबृद्धिको असर नेपालमा पनि अझै केही समय यथावत रहने उनको भनाइ छ ।
गभर्नर अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलताको समस्या आन्तरिकभन्दा बाह्य कारणले बढिरहेको बताए । उनले सुधारका लागि ठूला ऋणीहरुमा चेतना अउनुपर्ने बताए । उनले भने,‘मलाई तरलता हट्छ भनेर प्रश्न आइरहन्छ । यो बाह्य क्षेत्रका कारणले समस्या आएको हो । आन्तरिक रुपमा भएको पैसा जसले ऋण लिएको छ उसैसँग जाम भएर बसेको छ । तरलता अभाव समाधान हुन ऋणको अवस्थामा पनि सुधार हुनुपर्छ ।’
सरकारले पूँजीगत खर्च बढाउँदा केहि सहज हुने भन्दै उनले निजी क्षेत्रले ऋण तिरिदिए मात्रै तरलताको अभावमा सुधार हुँदै जाने र बैंक तथा वित्तीय संस्थाले पनि अनुशासनमा बस्नु पर्ने बताए । गभर्नर अधिकारीले अहिले बैंक तथा वित्तीय संस्थाहरु अनुशासित नभएकाले राष्ट्र बैंकले कडाई गर्नुपरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार