‘अर्थतन्त्र सही दिशामा’
नेपालबहस संवाददाता
भदौ १८, २०७९ आइतबार १:४५:३
१८ भदौ, काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्र माथि उकास्न उत्पादनमूलक र सेवा क्षेत्रमा लगानी बढोत्तरी गरिनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औं वार्षिक साधारणसभामा उनले सरकार अर्थतन्त्रलाई उकास्नेगरी आधारभूत पूर्वाधार र ठूला आयोजना निर्माणमा केन्द्रित भएकाले अबका दिनमा अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
“गत वर्षको हाम्रो कामसँग म ‘ह्याप्पी’ छु । राष्ट्र बैंकले सही निर्णय र नीति लिएकाले अर्थतन्त्र सही दिशामा अघि बढेको छ”, उपाध्यक्ष पौडेलले भने । उनले नेपालमा लाइसेन्स दिँदा घुस लिने प्रचलन बढेको भन्दै लाइसेन्स राजको अन्त्य गर्नुपर्ने बताए । उनले भने, “नेपालमा लाइसेन्स दिँदा विभिन्न खाले हल्ला हुने गरेको छ । हरेक क्षेत्रमा सिण्डिकेट छ । अनेक खालको एकाधिकर मौलाएको छ, त्यसैले लाइसेन्सराजको अन्त्य हुनुपर्छ ।”
उपाध्यक्ष पौडेलले नेपालमा पनि विस्तारै मानिसले पैसा बचत गर्ने प्रचलन सुरु भएको र त्यसले अर्थतन्त्र सुधारको बाटोमा जाने विश्वास व्यक्त गरे। पहिला नयाँ घर, घडेरी र सवारी साधनमा खर्चिने पैसा अहिले बचत गर्ने प्रवृत्ति बढेको उनको भनाइ छ । उपाध्यक्ष डा पौडेलले अबको ५ वर्षमा केही सडक आयोजना निर्माण पूरा हुने र त्यसले पनि अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताए । कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी बढाउन सक्ने हो भने दीर्घकालीन रुपमा अर्थतन्त्रमा स्थायित्व हुने उनको धारणा छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सही दिशामा अघि बढिरहेको बताए । श्रम बजार खुल्दै गएको, रेमिटन्स बढेको तथा विदेशी पर्यटक आगामनमा पनि सुधार देखिएकाले अहिले चिन्तित हुने अवस्था नरहेको उनले बताए ।
गभर्नर अधिकारीले विश्वव्यापी मूल्यवृद्धिका कारण नेपालमा पनि असर परेको बताए। मङ्सिर यता सरकारले विभिन्न वस्तुको आयातमा एलसी खोल्नमा कडाइ गर्ने नीतिले बाह्य क्षेत्रमा सहज भएको उनले दाबी गरे । “तरलताको कुरा बारम्बार आउने गरेको र यो कहिले हट्ला भनेर व्यवसायीहरूले बारम्बार सोध्ने गरेका छन् । लिक्विडिटीको ‘क्रक्स’ सबैलाई थाहा छ । भुक्तानी सन्तुलन घाटा गएको र बाह्य क्षेत्रमा समस्या आएका कारणले बजारबाट तरलता अन्तै गयो, तर, आन्तरिक रुपमा पैसा हामीसँगै छ । यहाँका बैंक तथा ऋण जसले लिएको उनीहरुसँगै पैसा छ । तरलताको समस्या समधान गर्न भुक्तानी सन्तुलनको अवस्थामा सुधार आउनैपर्छ यो करेक्सन नभइकन तरलता सहज हुँदैन ।”
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको र बजारमा हल्ला भएजस्तो नेपाल कुनै पनि हालतमा श्रीलङ्काको अवस्थामा जान नसक्ने भन्दै केन्द्रीय बैंकले सजकता अपनाउन जरुरी रहेको औंल्याए । सेजनका पूर्वअध्यक्षद्वय गोपाल तिवारी र गोकर्ण अवस्थी तथा निवर्तमान अध्यक्ष भिमप्रसाद गौतमले अर्थतन्त्रलाई सही दिशाबोध गराउन आर्थिक पत्रकारले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए। सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारिताप्रति प्रोत्साहन गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा सेजनले सशक्त भूमिका निर्बाह गर्दै आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार