खेलकुद पूर्वाधार विकास गर्न प्रधानमन्त्री देउवाको जोड
नेपालबहस संवाददाता
भदौ १८, २०७९ आइतबार २:७:१
१८ भदौ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली खेलकुद क्षेत्रमा निखारता ल्याउँदै खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा खरोरुपमा उत्रनसक्ने बनाउनुपर्ने बताएका छन् । काठमाडौँमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले पछिल्लो समयमा खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी भई मुलुकको नाम उच्च बनाउँदै गएको स्मरण गर्दै अझै सफलता प्राप्त गर्नुपर्ने आवश्यकता औंल्याए ।
“खासगरी केही वर्षयता नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी भएर नेपालको नाम उँचो बनाउँदै विजयको माला पहिल्याएर फर्किनु हामी सबैका लागि गौरवको विषय हो, यसका लागि सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु”, प्रधानमन्त्री देउवाले भने, “अझै उच्च सफलता प्राप्त गर्दै नेपालको प्रतिष्ठा अभिवृद्धि गर्दै लैजानेछ भन्ने अपेक्षा छ, खेलकुदमा अझै निखार ल्याउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने बनाउनु आजको आवश्यकता हो, यस कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउन चाहन्छु ।”
प्रधानमन्त्री देउवाले सीमित स्रोत र साधनका बाबजुद नेपाली खेलकुद क्षेत्रले हालसम्म प्राप्त गरेको उपलब्धि प्रशंसनीय रहेको बताए । उनले नेपाली खेलाडीले विभिन्न कठिनाइका बाबजुद स्वदेश तथा विदेशमा उत्कृष्ट प्रस्तुति दिँदै आएको पनि खुसी व्यक्त गरे ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी देशका गहना भएको बताए । उनले देशको शिर उँचो बनाउन खेलाडीले गरेको मेहनत र प्राप्त उपलब्धिको सरकारले उच्च मूल्याङ्कन गरेको उल्लेख गरे । खेलाडीलाई सम्भव भएसम्म आर्थिक र गैरआर्थिक सुविधाका साथ प्रोत्साहित गर्न सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।
खेलाडीको क्षमता विकासका लागि आर्थिक सुधारका अतिरिक्त खेल पूर्वाधार महत्वपूर्ण पक्ष रहेको उनले बताए । उनले मुलुकको विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार विकास गर्ने योजना सरकारको प्राथमितामा रहेको जानकारी दिँदै खेलाडीलाई नियमित अभ्यास र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणको आवश्यकता औंल्याए ।
खेलकुदका क्षेत्रमा राष्ट्रियस्तरको पूर्वाधार निर्माण गरी क्षेत्रीय र अन्तर्राष्ट्रिस्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित मन्त्रालय र राखेपले थप सक्रियता दिनुपर्नेमा जोड दिए। प्रधानमन्त्री देउवाले मुलुकमा विभिन्न प्रकारका राष्ट्रिय तथा प्रादेशिकस्तरका खेल आयोजना गरी निरन्तररुपमा खेलाडीको प्रतिभालाई तिखार्ने अवसर दिलाउन परिषद्लाई निर्देशन दिए।
नियमित खेलकुदका कार्यक्रम आयोजना हुन नसक्दा खेल प्रतिभा पलायन हुनेतर्फ ध्यानाकर्षण गराउँदै उनले परिषद्को संस्थागत विकासका लागि सरकार प्रयत्नशील रहेको पनि जानकारी दिए । उनले परिषद्ले आफ्ना कमजोरी सुधार गर्दै खेल क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भनी शुभकामना दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार