नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा भारतको सहयोग अतुलनीय : गृहमन्त्री खाण
नेपालबहस संवाददाता
भदौ १८, २०७९ आइतबार ३:२४:१३
१८ भदौ, रुपन्देही। गृहमन्त्री बालकृष्ण खाणले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय सहयोग रहेको बताएका छन् । उनले नेपालको विकास लागि भारतले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् । श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय रोहिणी गाउँपालिका–३ स्वामीनगर, धकधई रुपन्देहीको निर्मित दुईतले भवन तथा प्रयोगशालाको समुद्घाटन समारोहमा आज उनले संयुक्त राष्ट्रसङ्घको एउटा गतिशील मुलुकका रुपमा नेपाल अघि बढिरहेको बताए ।
नेपाली र भारतीय जनताबीचको सम्बन्धले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउँदै उनले नेपाल र भारतको भाषा, वेषभूषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो रहेको उल्लेख गरे । गृहमन्त्री खाणले नेपालको संविधानले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको र जनतालाई नेपालको मालिकका रुपमा स्थापित गरेको बताए । गत वर्ष विश्वभरि कोभिड महामारीले जनताको जीवनमा गम्भीर प्रभाव परेको बताउँदै उनले भारत सरकारले नेपाल सरकारलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको उल्लेख गरे ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्वपूर्ण भएको बताए । भारतमा पनि छात्राको शिक्षामा सरकारले जोड दिएको बताउँदै उनले नेपाली र भारतीय जनताबीच राम्रो सम्बन्ध रहेको उल्लेख गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए ।
भारत सरकारको अनुदानमा निर्मित दुईतले भवन तथा प्रयोगशालाको गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार