नेपालले एक खेल अगावै जित्यो केन्या विरुद्धको एकदिवसीय श्रृखंला
नेपालबहस संवाददाता
भदौ १८, २०७९ आइतबार ३:३९:६
१८ भदौ, काठमाडौं । नेपालले केन्याविरूद्धको एकदिवसीय श्रृखंला २-० ले जितेको छ । लगातार पहिलो दुई एकदिवसीय खेल जितेर नेपालले तीन खेलको श्रृखंलाको एक खेल अगावै श्रृखंला जित्न सफल भएको हो । शनिबार भएको दोस्रो खेलमा १६ रनको जित निकाल्दै नेपालले २-० को अग्रता लिएर श्रृखंला जितेको हो।
यसअघि शुक्रबार भएको पहिलो खेलमा पनि नेपाल विजयी भएको थियो। अब अन्तिम खेल सोमबार हुनेछ। शनिबार पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा २३० रनमा अलआउट भयो। नेपालका लागि कप्तानको भूमीकामा रहेका रोहितकुमार पौडेलले ७८ रन जोडे। उनले ९५ बलमा ७ चौका हिर्कए। देव खनालले ३७ रन र ज्ञानेन्द्र मल्लले २५ रनको योगदान गरे।
आदिल अन्सारीले १४ रन जोड्दा सोमपाल कामीले १५ बलमा २६ रन बटुले। करण केसीले पनि ६ बलमा ११ रन जोडे। बलिङमा केन्याका एन ओडियाम्बो, विराज पटेल र एनगोचेले २/२ विकेट लिए।
२३१ रनको लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा २१४ रनमा अलआउट भयो। उसका लागि राखेप पटेलले ८२ रनको योगदान गरे। कोलिन ओबुयाले ३७ रन र ओडियाम्बोले २८ रन बनाए। बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। सोमपाल कामीले ३ विकेट हात पार्दा पवन सर्राफ र करण केसीले १-१ विकेट हात पारे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
एनपीएलमा बिजेता र उपबिजेता बनेका शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार